Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

बसन्तपुरमा एमाले परित्याग गरि दर्जनौँ नेता–कार्यकर्ता रास्वपामा प्रवेश

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ४ अन्तर्गत पोखरिया नगरपालिका वडा नम्बर ३ बसन्तपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

पोखरिया नगर समितिको आयोजनामा भएको कार्यक्रममा एमालेसहित विभिन्न दल परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्। क्षेत्रीय सभापति जितेन्द्र मिश्रका अनुसार एमालेका अभिमनु मुखिया, राजेश मुखिया, रामलदयाल दास, अजय मुखिया, विश्वजित मुखिया, विजय मुखिया, प्रभु मुखिया, जोखन मुखिया लगायतका नेता–कार्यकर्ता रास्वपामा समाहित भएका हुन्।

पोखरिया नगरपालिकाका सभापति प्रदीप पटेको सभापतित्व तथा संगठन विभाग उप–प्रमुख प्रमोद कुमार सहनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा विभाग उप–प्रमुख सोनालाल पटेल, क्षेत्र नं. ३ का सभापति मनोज कुर्मी, क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्र, प्रतिनिधि सभा सदस्यका सम्भावित उम्मेदवार टेक बहादुर शाक्यलगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा वक्ताहरूले आगामी निर्वाचनमा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’मा मतदान गरी बालेन शाह नेतृत्वको सरकार निर्माण गर्न जनतालाई आग्रह गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...