Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

सशस्त्र प्रहरीद्वारा लहावरथकरीमा ७ दिने केश कटाइ तालिम सम्पन्न

सीमाक्षेत्रमा अपराध नियन्त्रण र युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन सिपमूलक तालिम : एसपी भट्ट

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर लहावरथकरीको आयोजनामा सञ्चालन गरिएको ७ दिने केश कटाइ (हेयर कटिङ) तालिम सम्पन्न भएको छ।

पकहाँ मैनपुर गाउँपालिका–४ लहावरथकरीस्थित सीमा सुरक्षा गुल्म लहावरथकरीमा सञ्चालित तालिमको समापन समारोहलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टले बेरोजगार युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने तथा सीमाक्षेत्रमा हुने तस्करी र अपराध नियन्त्रण गर्ने उद्देश्यले यस्ता सिपमूलक तालिम सञ्चालन गरिएको बताए।

उनले सीमाक्षेत्रमा सामाजिक, आर्थिक तथा लागूऔषधसम्बन्धी अपराधको चुनौती रहेको उल्लेख गर्दै त्यसलाई निरुत्साहित गर्न सिपमूलक तालिम प्रभावकारी माध्यम हुने बताए। “हाम्रो मुलुकको ठूलो समस्या बेरोजगारी हो । सिप भए स्वदेशमै रोजगारी गरेर परिवारसँग बस्न सकिन्छ । सिप कहिल्यै खेर जाँदैन,” उनले भने ।

सीमा सुरक्षा गुल्म लहावरथकरीका गणपति प्रहरी नायब उपरिक्षक (डिएसपी) लोकनाथ उप्रेतीले सशस्त्र प्रहरी र स्थानीय नागरिकबीच समन्वय तथा सहकार्य बढाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिए । उनले तालिममा सहभागी १५ जनाले व्यवहारिक सिप हासिल गरी आत्मनिर्भर बन्ने आधार तयार भएको बताए ।

समापन समारोहमा सीमा सुरक्षा समितिका संयोजकसमेत रहेका पकहाँ मैनपुर–४ का वडाध्यक्ष ढेडी यादव, पकहाँ मैनपुर–५ का वडाध्यक्ष बलिराम चौरसिया, पत्रकार छठु साह, वडा समिति सदस्य पप्पू गिरी, प्रभु पटेल लगायतले मन्तव्य राख्दै सशस्त्र प्रहरीको पहलको प्रशंसा गरे ।

२५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा आयोजित उक्त सिपमूलक केश कटाइ तालिममा प्रशिक्षक सुकदेव ठाकुर हजाम, सुनिल ठाकुर हजार, धर्मेन्द्र पटेल र कुलदिप पाण्डेले प्रशिक्षण दिएका थिए। समापन समारोहमा तालिमका सहभागीलाई प्रमाणपत्र तथा केश काट्ने सामग्रीसमेत वितरण गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...