Date
आइत, अशोज ४, २०८३
Sun, September 20, 2026

शिक्षकबीचको मैत्रीपूर्ण फुटबलमा ठोरी गाउँपालिका विजयी

spot_img
spot_img

सेढवा । पर्सा जिल्लाको जीराभवानी गाउँपालिका र ठोरी गाउँपालिकाका शिक्षकहरूबीच सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ठोरी गाउँपालिका विजयी भएको छ ।

शुक्रबार ठोरी गाउँपालिका–४ स्थित विजयवस्ती खेल मैदानमा आयोजित प्रतियोगितामा ठोरी गाउँपालिकाले जीराभवानी गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै जीत हात पारेको हो ।

प्रतियोगितामा विजेता बनेको ठोरी गाउँपालिकाले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । पुरस्कार रकम जीराभवानी गाउँपालिकाका नेपाल शिक्षक महासंघका अध्यक्ष कृपासिन्धु प्रसाद चौधरीले विजयी टोलीलाई हस्तान्तरण गर्नुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा ठोरी गाउँपालिकाका शिक्षा प्रमुख भूपाल कुमार जोशी, नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठलगायत शिक्षक, खेलाडी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

मैत्रीपूर्ण फुटबल प्रतियोगिताले शिक्षकहरूबीच आपसी सद्भाव, सहकार्य र शारीरिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको सहभागीहरूले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...