Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

सामाजिक संस्कार बिना आर्थिक समृद्धि सम्भव छैन : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरग‍ंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सामाजिक संस्कारको विकास नगरी आर्थिक संस्कारको सुधार सम्भव नहुने बताएका छन् । पिङ्क रोज मिडिया तथा आर्थिक संस्कारसँगै लायन्स क्लब काठमाडौँ सगुनको आयोजनामा वीरगञ्जमा सम्पन्न ‘आत्मनिर्भर समृद्ध वीरगञ्ज–एक विराट सम्भावना’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर सिंहले मानसिकताको परिवर्तन बिना आर्थिक समृद्धि हासिल गर्न नसकिने स्पष्ट पारे ।

मेयर सिंहले समाजमा व्याप्त गलत प्रवृत्तिको खुलेर विरोध गर्नुपर्नेमा जोड दिँदै युवाहरु लहलहैमा लाग्ने प्रवृत्तिबाट सचेत हुनुपर्ने बताए । “कसैको प्रभाव वा दबाबमा नपरी युवाहरु सकारात्मक र सिर्जनात्मक कार्यमा अग्रसर हुनुपर्छ,” उनले भने ।

वैभव वीरगञ्ज निर्माणका लागि सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै मेयर सिंहले संघीय सरकारले वीरगञ्जलाई उपेक्षा गरेको आरोप लगाए । देशका अन्य स्थानमा हुने ढुवानीका कारण वीरगञ्जले धुलो–धुवाँ सहनुपरेको तर राज्यबाट अपेक्षित सुविधा नपाएकोप्रति उनले असन्तोष व्यक्त गरे ।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले उद्यमशीलताको विकास अपरिहार्य रहेको बताए । अब जागिर खोज्नेभन्दा पनि रोजगारी सिर्जना गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै उनले आर्थिक संस्कारले बजारलाई चलायमान बनाउने भएकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले तराई–मधेश द्रुत मार्ग निर्माणपछि वीरगञ्जको तीव्र विकास हुने विश्वास व्यक्त गरे । एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी), सुख्खा बन्दरगाह (ड्राइपोर्ट) र वीरगञ्ज भन्सार कार्यालय जस्ता संरचना हुँदाहुँदै पनि त्यसको प्रत्यक्ष लाभ वीरगञ्जले लिन नसकेको उनले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले वीरगञ्जसँग पर्सा र बारा जिल्ला जोडिएको उल्लेख गर्दै सरकार निजी क्षेत्रमैत्री नहुँदा उद्योग–कलकारखाना धराशायी हुँदै गएको बताए । तीनै तहका करको बोझले व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले वीरगञ्ज आफैंमा आर्थिक संस्कारयुक्त शहर भए पनि पछिल्लो समय अतिवाद बढ्दै गएको टिप्पणी गरे । वीरगञ्जको पहिचान जोगाउन यहाँका प्रचुर सम्भावनाको उचित व्यवस्थापन र प्रवर्द्धन आवश्यक रहेको उनले बताए ।

पिङ्क रोज मिडियाकी अध्यक्ष अमृता पाण्डेले आर्थिक नगरी वीरगञ्जको दीगो समृद्धिका लागि आर्थिक संस्कार अपरिहार्य रहेको आत्मबोधका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । संस्थाका प्रबन्ध निर्देशक राजेश महर्जनले आर्थिक चेतना र सहकार्यले मात्र वीरगञ्जको सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न सकिने धारणा राखे ।

अन्तरक्रिया कार्यक्रममा उद्योगी अशोक वैद्य, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. निरज कुमार सिंह, अर्थविद् डा. दिपेन्द्र कुमार चौधरी, नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशिल पौडेल, पर्सा जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष रामनारायण कुर्मी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा बाहिरिने रकम स्वदेशमै खर्चिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...