Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

ठोरीमा छापामारी गरि प्रहरीद्वारा १५७ केजीभन्दा बढी गाँजा बरामद, घरधनी छिरिङ दोङ फरार

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले ठोरी गाउँपालिकास्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको छ। ठोरी गाउँपालिका वडा नम्बर–३ ब्रहमनगरमा बसोबास गर्ने ४२ वर्षीय छिरिङ दोङको घरबाट प्रहरीले कुल १५७ केजी ९५० ग्राम गाँजा जस्तो देखिने पदार्थ नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा मंगलबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी दोङको काठले बनेको दुई तल्ले घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा घरको माथिल्लो तल्लाको कोठाभित्र निलो प्लास्टिकले बेरी लुकाइछिपाइ राखिएको ९५० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सो घरबाट करिब १५ मिटर उत्तरतर्फ रहेको बाँझो खेतमा उखुको पातले छोपेर रातो रङको प्लास्टिकले बेरी लुकाइछिपाइ राखिएको अवस्थामा १० पोकामा रहेको १५७ केजी गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

बरामद गरिएको गाँजा जस्तो देखिने पदार्थ नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। साथै, उक्त लागू औषध भण्डारण गरी बिक्री वितरण गर्न राखिएको आशंकामा घरधनी छिरिङ दोङ फरार रहेको र उनको खोजतलास कार्य तदारुकताका साथ भइरहेको प्रवक्ता कार्कीले बताएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धार्मिक आस्था र परम्परासँग जोडिएको ऋषिपञ्चमी आज मनाइँदै

वीरगंज । नेपाली महिलाहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा बिहानै उठेर...

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...