Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

सशस्त्र प्रहरी दिवसमा जीवित सहिदलाई एसपी भट्टको सहयोग

spot_img
spot_img

वीरगंज । २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले विपन्न परिवारलाई सहयोग वितरण गरेको छ।

आइतबार साँझ ५ः३० बजे सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले वीरगंज महानगरपालिका–२८ बगही निवासी ३६ वर्षीय मन्सी पटेलको घरमा पुगेर भेटघाट गर्नुभएको थियो । साेही क्रममा उहाँले मधेस आन्दोलनका जिउँदो शहिदका रूपमा परिचित मन्सी पटेलको परिवारलाई न्यानो कपडा (कम्बल) तथा खाद्यान्न सामग्री सहयाेग गर्नु भयाे ।

साथै विभिन्न व्यक्तिहरूको सहयोगबाट निर्माण भएको मन्सी पटेलको घरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले आवश्यक विद्युतीय वाइरिङ गर्ने व्यवस्था मिलाइने सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले  वताउनुभयाे ।

सशस्त्र प्रहरी बलले २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै समुदायसँगको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले यस्ता मानवीय तथा सहयोगात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...