Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सशस्त्र प्रहरी दिवसमा जीवित सहिदलाई एसपी भट्टको सहयोग

spot_img
spot_img

वीरगंज । २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले विपन्न परिवारलाई सहयोग वितरण गरेको छ।

आइतबार साँझ ५ः३० बजे सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले वीरगंज महानगरपालिका–२८ बगही निवासी ३६ वर्षीय मन्सी पटेलको घरमा पुगेर भेटघाट गर्नुभएको थियो । साेही क्रममा उहाँले मधेस आन्दोलनका जिउँदो शहिदका रूपमा परिचित मन्सी पटेलको परिवारलाई न्यानो कपडा (कम्बल) तथा खाद्यान्न सामग्री सहयाेग गर्नु भयाे ।

साथै विभिन्न व्यक्तिहरूको सहयोगबाट निर्माण भएको मन्सी पटेलको घरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले आवश्यक विद्युतीय वाइरिङ गर्ने व्यवस्था मिलाइने सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले  वताउनुभयाे ।

सशस्त्र प्रहरी बलले २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै समुदायसँगको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले यस्ता मानवीय तथा सहयोगात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...