Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

एमाले र नेकपा परित्याग गरी विभिन्न जिल्लाका नेताहरू आजपामा प्रवेश

spot_img
spot_img

काठमाडौँ । नेकपा (एमाले) तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी विभिन्न जिल्लाका नेताहरू आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्। संघीय राजधानी काठमाडौँको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष प्रभु साहले नवप्रवेशी नेताहरूलाई भव्य रूपमा स्वागत गरेका हुन्।

आजपामा प्रवेश गर्नेहरूमा नेकपाका वैकल्पिक केन्द्रीय सदस्य रामएकबाल यादव (सिरहा), रौतहटको गरुडा नगरपालिका वडा नं. ६ का निर्वाचित वडाध्यक्ष एवं एमाले नेता रामबाबु प्रसाद चौधरी, नेकपा गोरखा जिल्ला सचिवालय सदस्य राजन विक तथा जिल्ला सदस्यहरू सुरेश सुर्खेती र राम सुर्खेती रहेका छन्।

कार्यक्रममा अध्यक्ष साहले नवप्रवेशी नेताहरूलाई टीका र माला लगाएर पार्टीमा स्वागत गर्दै उनीहरूको क्षमता र योग्यताअनुसार पार्टीको जिम्मेवारी प्रदान गरिने बताउनुभयो। उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर पार्टी गतिविधिमा सक्रिय रूपमा लाग्न निर्देशन दिनुभयो।

नवप्रवेशी नेताहरूले आजपाको नीति, विचार र मुद्दा नेपाली जनता तथा मुलुकको हितमा रहेको भन्दै त्यसैबाट प्रभावित भएर पार्टीमा आबद्ध भएको विज्ञप्तीमार्फत जनाएका छन्। उनीहरूले पार्टीले दिने जिम्मेवारीलाई सशक्त रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

यसैबीच आज बसेको आजपाको केन्द्रीय समितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरी छलफल गर्दै विभिन्न जिम्मेवारी तोकेको छ। बैठकले आगामी पुस १९ गते काठमाडौँमा पार्टी निकट आम विद्यार्थी मोर्चाको उपत्यका भेला आयोजना गर्ने निर्णय गरेको जानकारी आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले दिए।

बैठकले विभिन्न प्रदेशमा पार्टी गतिविधि सशक्त बनाउन विशेष जिम्मेवारीसमेत तोकेको छ। सुदूरपश्चिम प्रदेशमा तिलक थापामगर र एलिजा गौतम, लुम्बिनी प्रदेशमा त्रिभुवन साह अमर र विजय यादव, मधेस प्रदेशमा उमेश कुशवाहा, बागमती प्रदेशमा धनकुमारी देवी पण्डित रेग्मी, गण्डकी प्रदेशमा भोजराज त्रिपाठी तथा कोशी प्रदेशमा जुरीलाल मोची र खगेन्द्र भण्डारीलाई जिम्मेवारी तोकिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...

मधेश प्रदेश : छ वर्षमा २८ हजार ८३ भवन निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ । यसमा...

सडक निर्माण नगरी नक्कली बिलबाट रकम हिनामिना गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा

वीरगंज । सडक निर्माण नै नगरी नक्कली बिल बनाएर रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...