Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

वीरगंज–१८ सौरहामा जनमत पार्टीको संगठन विस्तार, ५० युवा गरे पार्टी प्रवेश

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर–१८ सौरहामा करिब ५० जना युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन्। आइतबार आयोजित भेलामार्फत स्थानीयस्तरमा पार्टी संगठन सुदृढ गर्दै बुथ कमिटी तथा युवा दस्ता गठन गरिएको हो।

भेलाले स्थानीय अगुवा अशोक कु. कानुको अध्यक्षतामा बुथ कमिटी गठन गरेको छ भने स्थानीय प्रभावशाली युवा अभय शर्माको अध्यक्षतामा बुथ स्तरीय युवा दस्ता गठन गरिएको छ।

कार्यक्रममा जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, जिल्ला सदस्य नागेन्द्र गुप्ता, वीरगन्ज महानगर उपाध्यक्ष निराजन कुशवाहा, युवा दस्ता तथा जेन्जी जनमत संघका जिल्ला अध्यक्ष मनोज साह, उपाध्यक्ष रोषण पाण्डे, युवा दस्ता महानगर संयोजक अजित सिंह, युवा दस्ता सदस्यहरु आशु सिंह, सुमित सिंह, मन्जय शर्मा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष सरार्फले अबको नेतृत्व युवा पुस्तामा पुस्तान्तरण हुनुपर्नेमा जोड दिए। उनले वडा तहदेखि प्रतिनिधिसभासम्म युवाहरु जनप्रतिनिधिका रुपमा अगाडि बढेर देश र समाजको नेतृत्व लिनुपर्ने बताए। साथै, जहाँ भ्रष्टाचार, अनियमितता तथा जनताको काममा हेलचेक्र्याइँ हुन्छ, त्यस्ता स्थानमा युवा दस्ता २४ घण्टा स्वयंसेवकको रुपमा सहयोग र खबरदारी गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...