Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंज विद्युत् प्राधिकरणमा विजय महतोको स्वागत, ऊर्जा सेवा सुधारमा सहकार्यको प्रतिवद्धता

spot_img
spot_img

वीरगंज । नेपाल विद्युत् प्राधिकरण ललितपुर शाखाबाट सरुवा भई वीरगंज विद्युत् प्राधिकरण शाखामा पदस्थापन भएका विजय महतोको सम्मान तथा स्वागत कार्यक्रम उत्साहपूर्वक सम्पन्न गरिएको छ। वीरगंजको ऊर्जा सेवा थप प्रभावकारी र जनमैत्री बनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा उनको आगमनले विद्युत् व्यवस्थापन सुधारमा महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको सम्मानित उपस्थिति रहेको थियो। सोही अवसरमा महानगरपालिकाका प्रमुख अधिकृत अरविन्द लाल कर्ण र विद्युत् शाखाका प्रमुख इन्जिनियर राजिव उपाध्यायसहित अन्य अधिकारीहरूको सहभागिताले कार्यक्रमको महत्वलाई अझ बढाएको थियो।

उपस्थित अतिथिहरूले महतोको नयाँ जिम्मेवारीमा सफलताको शुभकामना व्यक्त गर्दै वीरगंज महानगरका नागरिकलाई सहज, द्रुत र भरपर्दो विद्युत् सेवा पुर्‍याउनेतर्फ सहकार्य र समन्वयको प्रतिबद्धता जाहेर गरेका छन्।

स्वागत कार्यक्रमले शाखा, महानगर तथा स्थानीय समुदायबीचको सहकार्यलाई सुदृढ बनाउँदै भावी ऊर्जा व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...