Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

वीरगंज विद्युत् प्राधिकरणमा विजय महतोको स्वागत, ऊर्जा सेवा सुधारमा सहकार्यको प्रतिवद्धता

spot_img
spot_img

वीरगंज । नेपाल विद्युत् प्राधिकरण ललितपुर शाखाबाट सरुवा भई वीरगंज विद्युत् प्राधिकरण शाखामा पदस्थापन भएका विजय महतोको सम्मान तथा स्वागत कार्यक्रम उत्साहपूर्वक सम्पन्न गरिएको छ। वीरगंजको ऊर्जा सेवा थप प्रभावकारी र जनमैत्री बनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा उनको आगमनले विद्युत् व्यवस्थापन सुधारमा महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको सम्मानित उपस्थिति रहेको थियो। सोही अवसरमा महानगरपालिकाका प्रमुख अधिकृत अरविन्द लाल कर्ण र विद्युत् शाखाका प्रमुख इन्जिनियर राजिव उपाध्यायसहित अन्य अधिकारीहरूको सहभागिताले कार्यक्रमको महत्वलाई अझ बढाएको थियो।

उपस्थित अतिथिहरूले महतोको नयाँ जिम्मेवारीमा सफलताको शुभकामना व्यक्त गर्दै वीरगंज महानगरका नागरिकलाई सहज, द्रुत र भरपर्दो विद्युत् सेवा पुर्‍याउनेतर्फ सहकार्य र समन्वयको प्रतिबद्धता जाहेर गरेका छन्।

स्वागत कार्यक्रमले शाखा, महानगर तथा स्थानीय समुदायबीचको सहकार्यलाई सुदृढ बनाउँदै भावी ऊर्जा व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...

अमलेखगञ्जमा ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे...