Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

नेपाली सेनाद्वारा राष्ट्रिय इतिहाससम्बन्धी अभिमुखीकरण, विद्यार्थी उत्साहित

spot_img
spot_img

वीरगंज । वीरगंजकाे रानीघाटस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा आइतबार श्रीजंग गण, श्रीपुर ब्यारेक वीरगंजका गणपति लोकेन्द्र कार्कीले कक्षा १० का विद्यार्थीहरूलाई नेपालका पौराणिक कालदेखि आधुनिक समयसम्मको राष्ट्रिय इतिहासबारे विस्तृत जानकारी प्रदान गरेका छन् ।

विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा उनले स्वदेशको इतिहास, सांस्कृतिक पहिचान, भू–राजनीतिक महत्व तथा सामाजिक विकासका चरणहरूबारे सरल र प्रेरणादायी शैलीमा मार्गदर्शन गर्दै ‘‘किताबी ज्ञान मात्र पर्याप्त हुँदैन; विद्यार्थीले देशको भौगोलिक, सांस्कृतिक र सामाजिक स्वरूपको गहिरो बुझाइ राख्न आवश्यक छ’’ भनी ऐतिहासिक चेतनाले व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

सो क्रममा उनले नेपाल र विदेशमा नेपाली सेनाले निर्वाह गर्दै आएको सेवा तथा योगदानबारे समेत उदाहरणसहित व्याख्या गरे । विपद् व्यवस्थापन, उद्धार कार्य, भौतिक पूर्वाधार निर्माण, सामाजिक तथा स्वास्थ्य सेवा, साथै संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

नेपाली सेनाबारे विस्तृत जानकारी सुनेपछि विद्यार्थीहरूले सेनाको साहसिक योगदानबारे जान्न पाएकोमा गर्व र उत्साह व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता विद्यालयका सञ्चालक शिव गुप्ताले गर्दै, यस्ता गतिविधिले विद्यार्थीहरूमा देशप्रेम, अनुशासन र उद्देश्यपूर्ण सोच विकासमा सघाउने बताए । कार्यक्रम विद्यालयका शिक्षक उज्वल घिमिरेले सञ्चालन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...