Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली सेनाद्वारा राष्ट्रिय इतिहाससम्बन्धी अभिमुखीकरण, विद्यार्थी उत्साहित

spot_img
spot_img

वीरगंज । वीरगंजकाे रानीघाटस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा आइतबार श्रीजंग गण, श्रीपुर ब्यारेक वीरगंजका गणपति लोकेन्द्र कार्कीले कक्षा १० का विद्यार्थीहरूलाई नेपालका पौराणिक कालदेखि आधुनिक समयसम्मको राष्ट्रिय इतिहासबारे विस्तृत जानकारी प्रदान गरेका छन् ।

विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा उनले स्वदेशको इतिहास, सांस्कृतिक पहिचान, भू–राजनीतिक महत्व तथा सामाजिक विकासका चरणहरूबारे सरल र प्रेरणादायी शैलीमा मार्गदर्शन गर्दै ‘‘किताबी ज्ञान मात्र पर्याप्त हुँदैन; विद्यार्थीले देशको भौगोलिक, सांस्कृतिक र सामाजिक स्वरूपको गहिरो बुझाइ राख्न आवश्यक छ’’ भनी ऐतिहासिक चेतनाले व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

सो क्रममा उनले नेपाल र विदेशमा नेपाली सेनाले निर्वाह गर्दै आएको सेवा तथा योगदानबारे समेत उदाहरणसहित व्याख्या गरे । विपद् व्यवस्थापन, उद्धार कार्य, भौतिक पूर्वाधार निर्माण, सामाजिक तथा स्वास्थ्य सेवा, साथै संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

नेपाली सेनाबारे विस्तृत जानकारी सुनेपछि विद्यार्थीहरूले सेनाको साहसिक योगदानबारे जान्न पाएकोमा गर्व र उत्साह व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता विद्यालयका सञ्चालक शिव गुप्ताले गर्दै, यस्ता गतिविधिले विद्यार्थीहरूमा देशप्रेम, अनुशासन र उद्देश्यपूर्ण सोच विकासमा सघाउने बताए । कार्यक्रम विद्यालयका शिक्षक उज्वल घिमिरेले सञ्चालन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...