Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

वीरगंजमा भन्सार छली ल्याइएको १५० क्यारेट केरा सशस्त्र प्रहरीले पक्राउ गरि भन्सार बुझायो

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा., पर्साको विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले भन्सार छली गरी भण्डारण गरिएको १५० क्यारेट केरा नियन्त्रणमा लिएको छ ।

वीरगंज महानगरपालिका–१५ स्थित भिष्वा, एन.एम.सी. रोडमा रहेको मनिष फ्रुट सप्लायर्सको गोदाममा सम्भु कुमार गुप्ताले भारतबाट अवैध रूपमा ल्याई राखेको अवस्थामा उक्त केरा फेला परेपछि टोलीले आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको हो।

नेपालका किसानहरूले उत्पादन गरेका कृषिजन्य उपजको उचित मूल्य नपाएको, तर भारतबाट आयात हुने फलफूल तथा तरकारीहरूले बजार ओगटिरहेको गुनासो बढिरहेको बेला सशस्त्र प्रहरी बलले अवैध व्यापार तथा भन्सार छली रोक्ने कार्यलाई थप कडाइका साथ अगाडि बढाएको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ।

सीमा क्षेत्रमा चोरी–तस्करी तथा अन्य सीमा अपराध नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको सशस्त्र प्रहरी बल नेपाल पर्साले आगामी दिनमा यो अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउँदै राजस्व अभिवृद्धिमा टेवा पुर्‍याइने सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण, हे.क्वा. पर्साका प्रहरी नायब उपरिक्षक विश्वराज योन्जनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...