Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

वीरगंजमा भन्सार छली ल्याइएको १५० क्यारेट केरा सशस्त्र प्रहरीले पक्राउ गरि भन्सार बुझायो

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा., पर्साको विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले भन्सार छली गरी भण्डारण गरिएको १५० क्यारेट केरा नियन्त्रणमा लिएको छ ।

वीरगंज महानगरपालिका–१५ स्थित भिष्वा, एन.एम.सी. रोडमा रहेको मनिष फ्रुट सप्लायर्सको गोदाममा सम्भु कुमार गुप्ताले भारतबाट अवैध रूपमा ल्याई राखेको अवस्थामा उक्त केरा फेला परेपछि टोलीले आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको हो।

नेपालका किसानहरूले उत्पादन गरेका कृषिजन्य उपजको उचित मूल्य नपाएको, तर भारतबाट आयात हुने फलफूल तथा तरकारीहरूले बजार ओगटिरहेको गुनासो बढिरहेको बेला सशस्त्र प्रहरी बलले अवैध व्यापार तथा भन्सार छली रोक्ने कार्यलाई थप कडाइका साथ अगाडि बढाएको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ।

सीमा क्षेत्रमा चोरी–तस्करी तथा अन्य सीमा अपराध नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको सशस्त्र प्रहरी बल नेपाल पर्साले आगामी दिनमा यो अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउँदै राजस्व अभिवृद्धिमा टेवा पुर्‍याइने सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण, हे.क्वा. पर्साका प्रहरी नायब उपरिक्षक विश्वराज योन्जनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...