Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

आधुनिक मेशिनरीको विस्तारसँगै चौकीदार, गाउँदार, ब्राह्मण र हजाम परम्परागत ज्यालाबाट वञ्चित

spot_img
spot_img

सेढवा । कृषिमा प्रयोग हुने आधुनिक मेशिनको विकाससँगै किसानका लागि खेती–पाती सहज बने पनि समाजमा परम्परागत रूपमा सेवा प्रदान गर्ने चौकीदार, गाउँदार, ब्राह्मण तथा हजामहरूले भने ज्याला उठाउन कठिनाइ भएको गुनासो गरेका छन्।

बर्षेनी धान बाली भित्र्याउने समयमा किसानले हार्भेस्टर जस्ता आधुनिक मेशिन प्रयोग गर्न थालेपछि समुदायमा दैनिक सामाजिक सेवा गर्ने व्यक्तिहरूको परम्परागत परिश्रमिक पाउने अधिकार कमजोर हुँदै गएको छ।

समुदायमा वर्षभरि काम गर्ने चौकीदार, गाउँदार, ब्राह्मण तथा हजामलाई किसानले धान भित्र्याउँदा न्यूनतम परम्परागत ज्याला दिने चलन रहेको थियो।
किसानले धान लगाएको प्रत्येक गाराको पूर्वआलीको ‘बिसहर’ (आली छेउको एक गाज) चौकीदारलाई र उतरआलीको बिसहर गाउँदारलाई दिने परम्परा लामो समयदेखि चल्दै आएको हो।

तर हाल हार्भेस्टरमार्फत बाली काट्दा चौकीदार–गाउँदारको भाग समेत मेशिनले काटेर लैजान थालेको जिराभवानी गाउँपालिका–२ सेढवाका चौकीदार भोकट हाजरा दुसादले बताए।
उनका अनुसार, “बाली भित्रिएपछि ज्याला लिन जाँदा केही किसानले सहजै दिए पनि धेरैले ‘बाली बिक्री भइसकेको छ’ वा ‘भकारीमा राखिसकियो’ भनेर ज्याला दिन आनाकानी गर्छन्।”

दुसादका अनुसार चौकीदारले गाउँभरि सूचना प्रवाह गर्ने तथा गाउँदारले सुत्केरी गराउने (सुडनी) र मरेका चौपाया व्यवस्थापन गर्ने जस्ता महत्वपूर्ण सामाजिक जिम्मेवारी निर्वाह गर्दै आएका छन्।

त्यस्तै पटेर्वासुगौली गाउँपालिका–५ निचुटाका ब्राह्मण प्रमोद उपाध्यायले पूजापाठ तथा विवाह भोग गराएबापत पाउने बार्षिक परिश्रमिक उठाउन वर्षैभरि समस्या रहने बताए।
उनका अनुसार, एउटा परिवारबाट ४ पसेरीदेखि १ मन (२०–८० केजी) धान पाउने परम्परागत ज्याला भए पनि धेरै घरले अहिले ज्याला नदिने गरेका छन्। “दक्षिणा त झन् पाउनै गाह्रो छ,” उपाध्यायले भने।

यस्तै, हजाम समुदायले घर–घरको पूजा–पाठमा सहयोग गर्ने र वर्षभरि कपाल काट्ने सेवाबापत एक पुरुष बराबर ६ पसेरी (३० केजी) धान लिने चलन रहेको भए पनि पछिल्ला वर्षहरूमा यो ज्याला उठाउन पनि कठिनाइ बढेको उनीहरूको भनाइ छ।

स्थानीय समुदायका अनुसार, कृषि आधुनिकीकरण र सामाजिक व्यवहार परिवर्तनसँगै परम्परागत सेवा–ज्याला प्रणाली कमजोर बन्दै जाँदा यी पेशा परनिर्भर परिवारहरू थप सङ्कटमा परेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...