Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

जनमत पार्टीद्वारा विद्यालयमा बेन्च-डेस्क सहयोग

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–३०, लालपर्सास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई जनमत पार्टी पर्साले चार थान डेस्क–बेन्च उपलब्ध गराएको छ। लोककल्याणकारी अभियान अन्तर्गत विद्यालयमा देखिएको आवश्यकता पहिचान भएपछि अध्यक्ष ओमप्रकाश सर्राफको पहलमा डेस्क–बेन्च हस्तान्तरण गरिएको जनमत पार्टी पर्साले जनाएको छ।

स्कूल व्यवस्थापन समिति अध्यक्ष ध्रुप महतोको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, क्षेत्रीय संयोजक डा. मनोज सर्राफ, जिल्ला सदस्य नागेन्द्र गुप्ता, नागेन्द्र यादव, उपाध्यक्ष निरन्जन कुशवाहा, युवा नेता राजन मण्डल र अनिल शर्मा लगायत स्थानीय भद्रभलाद्मी तथा शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापक हेम बहादुर आचार्यले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सर्राफले शिक्षालाई समाज रूपान्तरणको मूल आधार भएको बताउँदै विद्यालयको वातावरण सुधारका लागि समुदाय, स्थानीय सरकार र राजनीतिक दलहरूको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे। “मधेस प्रदेशको शैक्षिक सूचकांक अन्य प्रदेशको तुलनामा कमजोर हुनु चिन्ताको विषय हो,” उनले भने, “यस्तो अवस्थामा सबै पक्षले विद्यालयलाई सबल बनाउन हातेमालो गर्नुपर्छ।”

सर्राफले आधारभूत शैक्षिक पूर्वाधारको कमीले विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पर्ने भएकाले जनमत पार्टी पर्साले आफ्नै स्तरबाट निरन्तर सहयोग गर्दै आएको बताए। “हामीले गरेको सहयोग सानो भए पनि विद्यालयको सुधारमा उपयोगी बन्ने विश्वास छ,” उनले जोड दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...