Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

जिराभवानीकाे भलूवाही खोलाबाट अनधिकृत उत्खनन तीव्र

spot_img
spot_img

सेढवा । पर्साको ग्रामीण क्षेत्रमा रहेका खोलाहरूको अनधिकृत रूपमा दोहन भइरहेको भन्दै स्थानीयवासीले कडा आपत्ति जनाएका छन्। जिराभवानी गाउँपालिका–५ स्थित भलूवाही खोलाबाट दैनिक रूपमा ठूलो मात्रामा नदिजन्य पदार्थ उत्खनन भइरहेको स्थानीयको आरोप छ।

स्थानीयका अनुसार विभिन्न समूहले दैनिक सयभन्दा बढी ट्रलर बालुवा–गिटी उत्खनन गरी जिराभवानी, पटेर्वा सुगौली, जगरनाथपुर र धोबिनी गाउँपालिकाका विभिन्न स्थानमा पुर्‍याउँदै आएका छन्। उत्खननमा संलग्न समूहले राज्यको राजस्व छली गर्दै यस क्षेत्रका प्रहरी एकाइलाई मासिक ‘महिनावारी नजराना’ बुझाएर नदिजन्य पदार्थ तस्करीलाई संरक्षण दिइरहेको आरोपसमेत छ।

यसबारे जिराभवानी गाउँपालिकाको राजस्व शाखाका प्रमुख सरोज दासले प्रत्येक दुई वर्षमा वातावरणीय मूल्यांकन (EIA/IEE) प्रतिवेदन तयार गरी माथिल्लो निकायमा पेश गरेपछि मात्र उत्खननका लागि ठेक्का सिफारिस गर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारे । उनका अनुसार प्रतिवेदन तयार गर्ने प्रक्रिया हालैदेखि चलिरहेको छ र चाँडै टेन्डर आह्वान गरिने तयारी छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...