Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पर्सामा सशस्त्र प्रहरीद्वारा अवैध औषधिसहित एक युवक पक्राउ

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल, पर्साले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको विभिन्न किसिमका औषधिसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार वीरगंज महानगरपालिका–१६, ईनर्वा नजिकको खेती इलाकाबाट एक युवकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्ति बारा जिल्ला, विश्रामपुर गाउँपालिका–४ बलिरामपुरका १८ वर्षीय हरिओम कुमार पासवान हुन् ।

उनी भारतबाट टाउकोमा बोकी नेपालतर्फ ल्याइरहेको अवस्थामा नियन्त्रणमा लिइएका हुन् । उनको साथबाट विभिन्न प्रकारका मानव उपभोगका औषधिहरू बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । बरामद औषधिको कुल मूल्य ९ लाख ५८ हजार ९१३ रुपैया बराबर रहेको बताइएको छ ।

पक्राउ परेका व्यक्ति र बरामद सामानलाई आवश्यक कानूनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक विश्वराज योन्जनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...