Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

शुक्रबार बिहान १०:०० बजेतिर बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ मुसहरवा बस्ने कन्हाई साहका छोरा शनि कुमार साह डुबेको जानकारी स्थानीयवासीले दिएका थिए । सो जानकारीपछि सशस्त्र प्रहरी बल नेपाल बेश क्याम्प बेलवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक लोकबहादुर कार्कीको कमाण्डमा पाँच जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय पर्साबाट सशस्त्र प्रहरी सहायक निरीक्षक संजिव यादवको कमाण्डमा सात जनाको विपद् उद्धार टोली खटिएको थियो ।

उद्धार टोलीले खोजीकार्यपछि बालकको शव पोखरीबाट बाहिर निकालेर आवश्यक कानूनी प्रकृयाका लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय, पर्साका सूचना अधिकारी विश्वराज योन्जनले जानकारी दिए ।

सो क्रममा वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक नविन थापाको कमाण्डमा समेत टोली खटिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...