Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

एक लाख धराैटी बुझाउन नसकेर ३ वर्ष ८ महिना जेलबसेपछि मात्र भुषाल पाए सफाई

spot_img
spot_img

वीरगंज । धराैटी रकम बुझाउन नसकेका कारण ३ वर्ष ८ महिना जेलमा बस्न बाध्य भएका चितवनका सुरज भुषाल अन्ततः रिहा भएका छन् । लिखत सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतले २०७८ माघ १४ गते एक लाख रुपैयाँ धराैटी माग गरेकोमा उक्त रकम बुझाउन नसक्दा उनी वीरगंज कारागारमा पठाइएका थिए ।

चितवनको भरतपुर नगरपालिका–७ निवासी ४६ वर्षीय भुषाललाई पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलाशले आइतबार अभियोग दाबी नपुगेको ठहर गर्दै निर्दोष ठहर गरेको हो । यससँगै उनले ३ वर्ष ८ महिना जेल जीवन बिताएपछि रिहा भएका छन् ।

भुषालको तर्फबाट वैतनिक अधिवक्ता विद्यादेवी कटुवाल र लिलाबहादुर रिजालले बहस गरेका थिए ।

भुषालमाथि बा.९२ प.७८ २५ नम्बरको मोटरसाइकलको ब्लुबुक किर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रदीपकुमार डीसीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको थियो । त्यसपछि तत्कालीन न्यायाधीश राजेशकुमार कटुवालको इजलाशले एक लाख रुपैयाँ धराैटी माग गर्ने आदेश दिएको थियो ।

धराैटी रकम बुझाउन नसकेका भुषाल लामो समयदेखि थुनामा रहेका थिए । काठमाडौंकी अधिवक्ता निरुजा चापागाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले यही कार्तिक १३ गते पर्सा जिल्ला अदालतलाई परामादेश जारी गरेपछि मात्र उक्त मुद्दाको अन्तिम फैसला भएको पर्सा जिल्ला अदालतका नासु प्रकाश पुडासैनीले जानकारी दिए ।

पर्सा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता रामनारायण कुर्मीका अनुसार कुनै पनि मुद्दाको अन्तिम फैसला डेढदेखि दुई वर्षभित्र हुनुपर्ने भए पनि यो मुद्दामा ढिलाइ हुँदा भुषालले लामो समय कारागारमा बिताउनु परेको हो ।

यसअघि उनी सोही मोटरसाइकल चोरी प्रकरणमा ललितपुर जिल्ला अदालतबाट सफाइ पाइसकेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज। अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले...