Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

एक लाख धराैटी बुझाउन नसकेर ३ वर्ष ८ महिना जेलबसेपछि मात्र भुषाल पाए सफाई

spot_img
spot_img

वीरगंज । धराैटी रकम बुझाउन नसकेका कारण ३ वर्ष ८ महिना जेलमा बस्न बाध्य भएका चितवनका सुरज भुषाल अन्ततः रिहा भएका छन् । लिखत सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतले २०७८ माघ १४ गते एक लाख रुपैयाँ धराैटी माग गरेकोमा उक्त रकम बुझाउन नसक्दा उनी वीरगंज कारागारमा पठाइएका थिए ।

चितवनको भरतपुर नगरपालिका–७ निवासी ४६ वर्षीय भुषाललाई पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलाशले आइतबार अभियोग दाबी नपुगेको ठहर गर्दै निर्दोष ठहर गरेको हो । यससँगै उनले ३ वर्ष ८ महिना जेल जीवन बिताएपछि रिहा भएका छन् ।

भुषालको तर्फबाट वैतनिक अधिवक्ता विद्यादेवी कटुवाल र लिलाबहादुर रिजालले बहस गरेका थिए ।

भुषालमाथि बा.९२ प.७८ २५ नम्बरको मोटरसाइकलको ब्लुबुक किर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रदीपकुमार डीसीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको थियो । त्यसपछि तत्कालीन न्यायाधीश राजेशकुमार कटुवालको इजलाशले एक लाख रुपैयाँ धराैटी माग गर्ने आदेश दिएको थियो ।

धराैटी रकम बुझाउन नसकेका भुषाल लामो समयदेखि थुनामा रहेका थिए । काठमाडौंकी अधिवक्ता निरुजा चापागाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले यही कार्तिक १३ गते पर्सा जिल्ला अदालतलाई परामादेश जारी गरेपछि मात्र उक्त मुद्दाको अन्तिम फैसला भएको पर्सा जिल्ला अदालतका नासु प्रकाश पुडासैनीले जानकारी दिए ।

पर्सा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता रामनारायण कुर्मीका अनुसार कुनै पनि मुद्दाको अन्तिम फैसला डेढदेखि दुई वर्षभित्र हुनुपर्ने भए पनि यो मुद्दामा ढिलाइ हुँदा भुषालले लामो समय कारागारमा बिताउनु परेको हो ।

यसअघि उनी सोही मोटरसाइकल चोरी प्रकरणमा ललितपुर जिल्ला अदालतबाट सफाइ पाइसकेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...