Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

ठोरी र आसपासका क्षेत्रमा बेमौसमी वर्षाबाट तोरी र सुर्तीबालीमा ठूलो क्षति

spot_img
spot_img

सेढवा । बिहीबार बिहानदेखि परेको बेमौसमी अबिरल वर्षाले पर्सा जिल्लाका किसानहरूको हिउँदेबालीमा ठूलो क्षति पुर्‍याएको छ। निरन्तर परेको वर्षाका कारण तोरी, सुर्ती लगायतका नगदेबाली नराम्ररी प्रभावित भएका किसानहरूले गुनासो गरेका छन्।

ठोरी गाउँपालिका–४ बिजयबस्तीका किसान अर्जुन श्रेष्ठका अनुसार यस क्षेत्रको मुख्य नगदेबाली सुर्ती हो । उनका भनाइमा असोज २०–२१ गतेको अविरल वर्षाले सुर्तीका बिरुवामा क्षति पुर्‍याएको थियो भने अहिलेको वर्षाले रोपिएका सुर्तीका बाली नै सखाप बनाएको छ । “धेरै मिहिनेतपछि उत्पादन गरिएको बिरुवा र रोपिएको सुर्तीबाली यो वर्षाले सखाप बनायो,” किसान श्रेष्ठले दुःखेसो पोख्दै भने, “अब सुर्ती नष्ट भएको खेतमा गहुँ लगाउने तयारीमा छौं, तर सिँचाइको अभावले समस्या छ।”

त्यस्तै, ठोरी गाउँपालिका–५ सुवर्णपुरका किसानहरू पनि तोरीबाली नष्ट भएपछि चिन्तित छन् । वडा नं. ५ का वडाध्यक्ष अष्ठबहादुर लोप्चनका अनुसार सुवर्णपुरमा हरेक वर्ष करिब ६ सय बिघा जमिनमा तोरी खेती हुँदै आएकोमा यस वर्षको बेमौसमी वर्षाले सबै बाली सखाप बनाएको छ । “किसानहरूले खेत दुई पटक जोतेर मल हालेर तोरी छरेका थिए, तर उम्रिन नपाउँदै वर्षाले सबै नष्ट गर्‍यो,” वडाध्यक्ष लोप्चनले बताए ।

उनीका अनुसार अब पुनः तोरी छर्न ढिलो भइसकेकाले किसानहरूले वैकल्पिक रूपमा गहुँ वा मकै रोप्ने तयारी गर्दैछन्, जसका लागि दोहोरो खर्च—मल, बीउबिजन र जोताइ—गर्नुपर्ने अवस्था आएको छ ।

यसका अतिरिक्त राजमा, आलु, काउली, बन्दा, लसुन, मूला, भन्टा लगायतका हिउँदे तरकारीबाली पनि वर्षाको कारण नष्ट भएका किसानहरूले बताएका छन् । यसैबीच, धानबाली समेत खेतमै पाकेर बस्दा भित्र्याउन समस्या भएको किसानहरूको गुनासो छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...

सरकारको ऋणभार बढ्दोः सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौँ । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन...

जिल्लावासीलाई भारी वर्षामा सतर्क रहन जिल्ला प्रशासन कार्यालय पर्साको अनुरोध

वीरगंज । जिल्ला प्रशासन कार्यालय  (जिप्रका) पर्साले जिल्लावासीलाई भारी वर्षामा सतर्क रहन अनुरोध गरेको छ । यही असोज ९ देखि असोज ११ गतेसम्म देशका विभिन्न...