Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालयमा गुहार

spot_img
spot_img

बारा । नेपाल पत्रकार महासंघ, बारा शाखाले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेको छ।

महासंघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र महासंघको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र पठाएको जनाएको छ।

विज्ञप्तिमा प्रहरी प्रमुख तामाङका पछिल्ला क्रियाकलापले जिल्लामा कार्यरत पत्रकारहरूको मनोबल गिराउने काम गरेको र पत्रकारका अगुवाहरूलाई अनावश्यक निगरानीमा राखी प्रताडित गर्ने प्रवृत्ति देखिएको उल्लेख छ।

महासंघले तामाङमाथि शान्ति सुव्यवस्था कायम गर्नुभन्दा अवैध धन आर्जनमा संलग्न भएको आशंका व्यक्त गर्दै, यस्तो विषयमा प्रश्न उठाउने वा समाचार लेख्ने पत्रकारमाथि दुश्मनीपूर्ण व्यवहार गरेको आरोप लगाएको छ।

विशेष गरी महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीले लेखेको समाचारलाई लिएर प्रहरी प्रमुखले उनीमाथि मानसिक प्रताडना दिएको घटना प्रति महासंघले गम्भीर आपत्ति जनाएको छ। सामान्य जाहेरीको आधारमा सुवेदीलाई दुई दिनसम्म मानसिक प्रताडना दिइएको र जाहेरीकर्ताकै पक्षमा प्रहरी प्रमुखले वकालत गरेको आरोप विज्ञप्तिमा उल्लेख गरिएको छ।

सोही घटनाको विरोधस्वरूप पत्रकारहरूले ७०औं प्रहरी दिवस विशेष कार्यक्रममा समेत बहिष्कार गरी सांकेतिक विरोध जनाएका थिए।

महासंघले प्रहरी प्रमुख तामाङले दशैंअगाडि ‘तस्करसँगको मिलिभगत’ विषयमा आएको समाचारको बदला लिन खोजेको आरोप पनि लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालमा गालीगलौजको बहाना बनाएर पत्रकारिताको मर्यादा मिच्ने, पत्रकारलाई दमन गर्ने र उनीहरूको मनोबल तोड्ने गतिविधि अस्वीकार्य छन्।”

पत्रकारहरूको सुरक्षा, स्वतन्त्रता र निर्भीक पत्रकारिता गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै निकायलाई आवश्यक पहल गर्न महासंघले आग्रह गरेको छ। विज्ञप्तिमा महासंघका सचिव पुष्पराज खतिवडाले हस्ताक्षर गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो

काठमाडौँ । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षणपत्र...

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...