Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

भारत–नेपाल सीमामा कडाइपूर्वक जाँच गर्न एसएसबी महानिरीक्षक उज्जवलको निर्देशन

spot_img
spot_img

रक्सौल । भारत–नेपाल सीमामा आवतजावत गर्ने नागरिकहरूको पहिचानसहित कडाइपूर्वक जाँच गर्न सीमा सुरक्षा बल (एसएसबी) का महानिरीक्षक नशीथ कुमार उज्जवलले निर्देशन दिएका छन् ।

बुधबार एसएसबी सीमान्त मुख्यालय पटनाका महानिरीक्षक उज्जवलले रक्सौलस्थित ४७औँ वाहिनी एसएसबीको दुईदिने निरीक्षण भ्रमण सम्पन्न गर्दै सुरक्षा निकायहरूलाई सीमा नाकामा आवतजावतमा थप सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

निरीक्षणपछि आईसीपी रक्सौलमा आयोजित भारत–नेपाल सीमावर्ती जिल्लाको संयुक्त समन्वय समिति बैठकमा उनले सहभागीता जनाए । बैठकमा भारततर्फबाट पूर्वी चम्पारणका प्रमुख जिल्ला अधिकारी सौरभ जोरवाल, क्षेत्रीय मुख्यालय बेतियाका उप–महानिरीक्षक एस. सुब्रमण्यम, ४७औँ वाहिनी एसएसबी रक्सौलका कमाण्डेन्ट संजय पाण्डेय, मोतिहारीका प्रहरी अधीक्षक स्वर्ण प्रभातलगायत अधिकारीहरूको उपस्थिति थियो ।

नेपालतर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, एपीएफ (नेपाल) का डिआईजी अञ्जनीकुमार पोखरेल (ब्रिगेड–०३, भण्डारा, चितवन), नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू तथा अन्य प्रशासनिक अधिकारीहरू सहभागी थिए ।

निरीक्षणका क्रममा महानिरीक्षक उज्जवलले ४७औँ वाहिनी मुख्यालय र पन्टोका सीमा चौकीमा पुगेर गार्ड अफ अनर ग्रहण गरे । त्यसपछि उनले वृक्षारोपण गर्दै सैनिक सम्मेलनलाई सम्बोधन गरे । सम्मेलनमा उनले सीमाबाट आवतजावत गर्ने नागरिकहरूको पहिचान गरी कडाइका साथ जाँच–पडताल गर्न एसएसबीका जवानहरूलाई निर्देशन दिए । साथै, ड्युटीका क्रममा देखिने व्यक्तिगत समस्या सुनी जवानहरूको मनोबल उच्च राख्ने प्रतिवद्धता जनाए ।

संयुक्त बैठकमा आगामी बिहार विधानसभा चुनाव, तस्करी नियन्त्रण तथा सीमावर्ती सुरक्षासम्बन्धी विषयमा गम्भीर छलफल गरिएको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक उज्जवलले प्रेस तथा इलेक्ट्रोनिक मिडियाकर्मीहरूको प्रश्नहरूको उत्तर दिँदै सीमाको सुरक्षामा भारत–नेपाल दुवै पक्षको सहयोग अपरिहार्य रहेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

छिपहरमाई–४ मा रास्वपाको अगुवा कार्यकर्ता भेला सम्पन्न

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । वडा सभापति राज पाण्डेको...

मुक्त हरवाचरवाको आन्दोलन सशक्त बनाउने निर्णय, माग पूरा नभएसम्म धर्ना जारी

जनकपुरधाम । मुक्त हरवाचरवाको पहिचान, लगत संकलन, प्रमाणीकरण, परिचयपत्र वितरण तथा दिगो पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा जारी अनिश्चितकालीन धर्नालाई थप सशक्त बनाउने निर्णय गरिएको...

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स ९युएई० सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको...