Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

सशस्त्र प्रहरीद्वारा अमरपट्टीबाट गाँजासहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण अन्तर्गतको बीओपी अमरपट्टीबाट खटिएको गस्ती टोलीले दुई जनालाई गाँजासहित नियन्त्रणमा लिएको छ।

शनिबार दिउँसो ३:२० बजे सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर के.सी.को कमाण्डमा खटिएको चार जनाको मोटरसाइकल गस्ती टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको ना.१३ प.४६१८ नम्बरको रातो–कालो रंगको ऐमहा अल्बा मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो सामग्री बरामद गरेको हो।

गस्ती टोलीले जिल्ला पर्सा, पर्सागढी नगरपालिका–९ एकटाङा निवासी २९ वर्षीय गोपाल यादव र जगरनाथपुर गाउँपालिका–६ बहुवरी निवासी १९ वर्षीय गौतम पटेललाई पक्राउ गरेको जनाएको छ।

उनीहरूका साथबाट शरीरभित्र र मोटरसाइकलको सिटमुनी लुकाइ ल्याइएको ५ के.जी. गाँजा, एक थान रियल मि मोबाइल, एक थान standard कम्पनीको घडी, साथै रु २२० नगद बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

बरामद सामान र पक्राउ परेकाहरूलाई आवश्यक कानूनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नम्बर १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु...