Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

सशस्त्र प्रहरीद्वारा अमरपट्टीबाट गाँजासहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण अन्तर्गतको बीओपी अमरपट्टीबाट खटिएको गस्ती टोलीले दुई जनालाई गाँजासहित नियन्त्रणमा लिएको छ।

शनिबार दिउँसो ३:२० बजे सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर के.सी.को कमाण्डमा खटिएको चार जनाको मोटरसाइकल गस्ती टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको ना.१३ प.४६१८ नम्बरको रातो–कालो रंगको ऐमहा अल्बा मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो सामग्री बरामद गरेको हो।

गस्ती टोलीले जिल्ला पर्सा, पर्सागढी नगरपालिका–९ एकटाङा निवासी २९ वर्षीय गोपाल यादव र जगरनाथपुर गाउँपालिका–६ बहुवरी निवासी १९ वर्षीय गौतम पटेललाई पक्राउ गरेको जनाएको छ।

उनीहरूका साथबाट शरीरभित्र र मोटरसाइकलको सिटमुनी लुकाइ ल्याइएको ५ के.जी. गाँजा, एक थान रियल मि मोबाइल, एक थान standard कम्पनीको घडी, साथै रु २२० नगद बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

बरामद सामान र पक्राउ परेकाहरूलाई आवश्यक कानूनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नम्बर १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...