Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

बाराको अमलेखगञ्जमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्ज मा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अमलेखगञ्जस्थित अक्कलबहादुर कार्की अस्पतालको आयोजनामा दिपावली तथा छठ पर्वको अवसर पारेर उक्त शिविर आयोजना गरिएको हो।

शिविरमा नारायणी अस्पतालका डा. दीपक चौरसिया, न्युरो सर्जन डा. सफरोज अन्सारी, ईएनटी (कान, नाक, घाँटी) विशेषज्ञ डा. फिरोज अन्सारी, छाला रोग विशेषज्ञ डा. अभिषेक सुमन र नेत्र रोग विशेषज्ञ डा. प्रभात चौरसियाले स्वास्थ्य परीक्षण गरेका थिए।

स्वास्थ्य परीक्षणसँगै आवश्यक बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको डा. दीपक चौरसियाले जानकारी दिए।

शिविरमा दुई सयभन्दा बढी स्थानीयले विभिन्न स्वास्थ्य समस्याको परीक्षण गराएका थिए। आयोजक अस्पतालका प्रतिनिधिहरूका अनुसार, यस्ता स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाप्राप्तिमा सहजता ल्याउने र जनचेतना अभिवृद्धिमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...