Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

सशस्त्र प्रहरीले वीरगंजमा कार सहित ठूलो परिमाणको पटका पक्राउ गरी नष्ट गर्‍यो

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले वीरगंजमा सवारी साधनसहित ठूलो मात्रामा पटका नियन्त्रण गरी भन्सारमा दाखिला तथा नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगञ्ज–१६ भन्सार मेनगेट चेकपोस्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा बा १२ च ३१०३ नम्बरको Hyundai Xcent कार नियन्त्रणमा लिएको हो ।

उक्त कारको तलासी गर्दा डिक्कीभित्र ९ वटा कार्टुनमा लुकाइछिपाइ राखिएका रु. ५०,००० बराबरका पटका फेला परेका थिए । आवश्यक प्रक्रिया पूरा गरी ती पटकाहरू पानीमा हालेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेको उक्त कारको मूल्य १८ लाख अनुमान गरिएको र आजै वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...