Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सशस्त्र प्रहरीले वीरगंजमा कार सहित ठूलो परिमाणको पटका पक्राउ गरी नष्ट गर्‍यो

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले वीरगंजमा सवारी साधनसहित ठूलो मात्रामा पटका नियन्त्रण गरी भन्सारमा दाखिला तथा नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगञ्ज–१६ भन्सार मेनगेट चेकपोस्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा बा १२ च ३१०३ नम्बरको Hyundai Xcent कार नियन्त्रणमा लिएको हो ।

उक्त कारको तलासी गर्दा डिक्कीभित्र ९ वटा कार्टुनमा लुकाइछिपाइ राखिएका रु. ५०,००० बराबरका पटका फेला परेका थिए । आवश्यक प्रक्रिया पूरा गरी ती पटकाहरू पानीमा हालेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेको उक्त कारको मूल्य १८ लाख अनुमान गरिएको र आजै वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...