Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

धानबाली डुबेपछि कृषकको आक्रोश : “क्षतिको विवरण लिन समेत कोही आएन”

spot_img
spot_img

पर्सा । हालैको अविरल वर्षा र बाढीका कारण पर्सा जिल्लाका विभिन्न पालिकाका सयौं बिगाहा धानबाली डुबानमा परेका छन् । तर, क्षतिको विवरण संकलन गर्न स्थानिय सरकारका प्रतिनिधि तथा कर्मचारीहरू नआएको भन्दै कृषकहरूले आक्रोश व्यक्त गरेका छन् ।

एक साताअघि परेको लगातार वर्षा र शुक्रबारको बाढीले धानबालीसँगै किसानका फुसका घर र टिनका छानासमेत क्षतिग्रस्त भएका छन् । छिपहरमाई गाउँपालिकाको ओरिया खोलाको बाढीले भीस्वा, जयमंगलापुर, टिहुकी, वर्वा बनजारी, चेरगाहा र मिर्जापुर क्षेत्र बढी प्रभावित भएका छन् ।

त्यस्तै, सिक्टा खोलामा आएको बाढीले कालिकामाई गाउँपालिकाको वडा नं. १ मुडली टोल र रबिदास बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । वडानं. २ भेडिहारीको गदियानी टोलमा रहेका खेतबारीमा लगाइएको धानबाली पूर्ण रूपमा नष्ट भएको छ ।

पकहाँ मैनपुर गाउँपालिकाको वडा नं. ५ सबैठवा क्षेत्र पनि बाढीको चपेटामा परेको छ । स्थानीय नेटुइया टोल, लक्ष्मीपुर र गदियानी पोखरिया गाउँका दर्जनौं घर डुबानमा परेका छन् भने उखु र धानबालीसहित सडकहरूमा समेत क्षति पुगेको पूर्व गाविस अध्यक्ष नसुरल्लाह मंसुरले बताए ।

कृषक महेन्द्र रामका अनुसार, “धान काट्ने तयारीमा थियौं, तर बाढी र पानीले सब नष्ट गर्‍यो। अहिले सम्म सरकारका कोही पनि आएर हेरेको छैनन्।”

सबैठवास्थित प्रहरी चौकी समेत डुबानमा परेको बताइएको छ । स्थानीय किसानहरूले बाढी र वर्षाबाट भएको क्षति तत्काल संकलन गरी राहत तथा क्षतिपूर्ति प्रदान गर्न माग गरेका छन् ।

कृषकहरूले भनेका छन्, “कृषि प्रधान देशमा किसानहरूलाई बिउ, मल, सिँचाइ जस्ता आधारभूत सुविधा नपाउँदा हामी निराश छौं। सरकारले कृषिमा प्राथमिकता नदिएसम्म विकास सम्भव छैन।” झन बाढीबाट भएकाे क्षति समेत संकलन नभएकाे भन्दै कृषकहरु निराश भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
छठु साह
छठु साह
माे न‌‌. ९८५५०३५४५७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...