Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

आफैले चलाएकाे माेटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा भिखमपुरका कुर्मीकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया–लंगडी सडकखण्डमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धोबिनी गाउँपालिका वडा नम्बर २ भीखमपुर निवासी अन्दाजी ४३ वर्षीय दिनेश प्रसाद कुर्मी रहेका छन् ।

लंगडीबाट पोखरिया जाँदै गर्दा कुर्मीले चलाउँदै आएको मधेस प्रदेश ०२८ प ३७०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोखरिया नगरपालिका वडा नम्बर ३ बसतपुर नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका कुर्मीलाई इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले उद्धार गरी बाराको नौतनास्थित एलएस न्यूरो एण्ड जेनरल अस्पतालमा उपचारका लागि पठाएको थियो । तर, उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक स्वरुप शर्माले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...