Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

आफैले चलाएकाे माेटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा भिखमपुरका कुर्मीकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया–लंगडी सडकखण्डमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धोबिनी गाउँपालिका वडा नम्बर २ भीखमपुर निवासी अन्दाजी ४३ वर्षीय दिनेश प्रसाद कुर्मी रहेका छन् ।

लंगडीबाट पोखरिया जाँदै गर्दा कुर्मीले चलाउँदै आएको मधेस प्रदेश ०२८ प ३७०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोखरिया नगरपालिका वडा नम्बर ३ बसतपुर नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका कुर्मीलाई इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले उद्धार गरी बाराको नौतनास्थित एलएस न्यूरो एण्ड जेनरल अस्पतालमा उपचारका लागि पठाएको थियो । तर, उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक स्वरुप शर्माले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...