Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

अविरल वर्षाबाट प्रभावित बस्ती र कारागारमा सशस्त्र प्रहरी पर्साले गर्‍यो सकुशल उद्दार

spot_img
spot_img

वीरगंज । अविरल वर्षाका कारण उत्पन्न संकटबीच सशस्त्र प्रहरी बल, नेपाल पर्साले कारागारदेखि स्थानीय बस्ती र पशु चौपायसम्मका सर्वसाधारणलाई सकुशल उद्दार गरेको छ ।

शनिबार सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्सा मातहतको कारागार सुरक्षा बेस बीरगंजले सहकार्यमा बीरगंज महानगरपालिका–५ स्थित कारागार कार्यालयमा जम्मा भएको पानी मोटरमार्फत निकालेर वातावरण सहज बनाएको हो ।

त्यसैगरी, असोज १९ गते खटिएको उद्दार टोलीले रौतहट बिन्दावन गाउँपालिका–८ घर भई हाल पर्सा–१६ भुटनदेवी मन्दिर नजिक बस्ने दिपक श्रीवास्तवको घरमा जमेको करिब ७–८ फिट पानीका कारण डुबानमा परेका ४ जनाको परिवारलाई सकुशल उद्दार गरी छिमेकी शंकर आचार्यको घरमा सुरक्षित राखेको छ ।

त्यस्तै, बीरगंज–१३ राधेमाईकी ४५ वर्षीय रिज्वान खातुनलाई ज्वरो आएका कारण डुबानमा फसेको अवस्थामा उद्दार गरी अस्पताल पुर्‍याइएको छ । साथै, बीरगंज–११ बिद्यापति नगरका ७ जना सदस्यीय परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

पर्सा पोखरिया नगरपालिका–२ लमरियामा पनि अविरल वर्षाका कारण डुबानमा परेका करिब १५–२० जनालाई सशस्त्र प्रहरीको उद्दार टोलीले सुरक्षित स्थानमा पुर्‍याएको छ ।

त्यसैगरी, सिर्सिया खोलामा पानीको बहाव बढेपछि बीरगंज गौशाला गाईफर्ममा फसेका १३२ वटा गाईलाई सशस्त्र प्रहरी बल नं. १३ गण पर्साबाट खटिएको टोलीले सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ ।

यस्तै, बिन्दवासिनी गाउँपालिका–२ गर्दौलास्थित बीरगंज–पोखरिया सडक खण्डमा रुख ढलेर बाटो अवरुद्ध भएपछि सशस्त्र प्रहरी बेस बहुअर्वाभाठ्ठाबाट खटिएको टोलीले रुख पन्छ्याई सडक पुनः सुचारु गरेको छ ।

उक्त सम्पूर्ण उद्दार कार्य सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्कीको समन्वयमा सम्पन्न भएको जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...