Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

बिपन्न परिवारलाई सशस्त्र प्रहरीद्वारा दशैंको अवसरमा सहयोग

spot_img
spot_img

वीरगंज । बडा दशैंको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साले सीमावर्ती दलित बस्तीसँग विशेष सामुदायिक कार्यक्रम सञ्चालन गरेको छ।

बिहिवार वीरगंज महानगरपालिका–१६ पशुपतिनगरस्थित दलित बस्तीमा “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तरगत आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रम अन्तर्गत बस्तीका ५० जना विद्यार्थीलाई ३०० वटा कपि र ५०० वटा पेन्सिल, ३३ घरधुरीका अभिभावकलाई बाल्टिन, जग, पिउस, जीवनजल तथा साबुन वितरण गरिएको थियो। साथै, स्थानीय बासिन्दालाई हात धुने उपाय सिकाइएकाे र करिब २५० जनालाई सामूहिक खाजा खुवाइएको थियो। सो अवसरमा समुदायका वृद्धाबाट टिका–जमरा ग्रहण गरेका बालबालिकालाई पनि टिका लगाइने कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

यस कार्यक्रममा नं.१३ गण हे.क्वाका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी, प्रहरी चौकी ईनर्वाका प्रहरी सहायक निरीक्षक राजकुमार राय यादव, वडाध्यक्ष पर्शुराम चौरसिया, संचारकर्मी, भद्रभलादमी तथा करिब ३०० जना स्थानीयवासीको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...