Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

बिपन्न परिवारलाई सशस्त्र प्रहरीद्वारा दशैंको अवसरमा सहयोग

spot_img
spot_img

वीरगंज । बडा दशैंको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साले सीमावर्ती दलित बस्तीसँग विशेष सामुदायिक कार्यक्रम सञ्चालन गरेको छ।

बिहिवार वीरगंज महानगरपालिका–१६ पशुपतिनगरस्थित दलित बस्तीमा “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तरगत आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रम अन्तर्गत बस्तीका ५० जना विद्यार्थीलाई ३०० वटा कपि र ५०० वटा पेन्सिल, ३३ घरधुरीका अभिभावकलाई बाल्टिन, जग, पिउस, जीवनजल तथा साबुन वितरण गरिएको थियो। साथै, स्थानीय बासिन्दालाई हात धुने उपाय सिकाइएकाे र करिब २५० जनालाई सामूहिक खाजा खुवाइएको थियो। सो अवसरमा समुदायका वृद्धाबाट टिका–जमरा ग्रहण गरेका बालबालिकालाई पनि टिका लगाइने कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

यस कार्यक्रममा नं.१३ गण हे.क्वाका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी, प्रहरी चौकी ईनर्वाका प्रहरी सहायक निरीक्षक राजकुमार राय यादव, वडाध्यक्ष पर्शुराम चौरसिया, संचारकर्मी, भद्रभलादमी तथा करिब ३०० जना स्थानीयवासीको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...