Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पर्सामा सशस्त्र प्रहरीद्वारा करिब साढे दुई लाख बराबरको सामान बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्साका विभिन्न स्थानबाट करिब दुई लाख ५० हजार बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरीका अनुसार बिहिबार प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–१६ स्थित विभिन्न सीमानाका बिन्दुहरूबाट भारतबाट अबैध रूपमा नेपाल भित्र्याइँदै गरेको करिब एक लाख ८६ हजार ४४० बराबरको कपडा र किराना सामान बरामद गरेको हो ।

त्यसैगरी सोही गुल्मबाट खटिएको अर्को टोलीले भन्सार मेनगेटबाट नेपालबाट मोटरसाइकलमार्फत भारततर्फ लैजाँदै गरेको  ३ हजार १५० बराबरको मदिरा नियन्त्रणमा लिएको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलाबाट भारतबाट अबैध रुपमा ल्याउँदै गरेको करिब ५० हजार एक सय बराबरको पशु चौपाया तथा सुरक्षा बेस बेलवाबाट खटिएको टोलीले रु. १०,५५० बराबरको सामान बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरीले बरामद गरिएका सबै सामान बिहिबार नै आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...