Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पर्सामा सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले स्रोत नखुलेको ८ लाख रुपैयाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साका सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार मंगलबार दिउँसो करिब १:५० बजे वीरगंज महानगरपालिका–१६, भन्सार मेनगेट नजिकै सशस्त्र प्रहरीकाे टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिएफ ०४६९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सशस्त्र प्रहरी सहायक निरीक्षकद्वय सुजय कुमार सिंह र सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म, वीरगंजका सहायक प्रहरी निरिक्षक मोहमद मुस्ताक अलीको कमाण्डमा १० जनाकाे टाेली खटिएकाे थियाे ।

उक्त चेकजाँचको क्रममा पर्साको सखुवापर्सौनी गाउँपालिका–०५ निवासी करिब ४३ वर्षीय राजेश कुमार साह तेलीबाट नेपाली नगद ८ लाख ७ हजार र करिब एक लाख ५० हजार मूल्य बराबरको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

बरामद गरिएको रकममा एक हजार दरका ५१५ वटा, पांच सय दरका ५७२ वटा र एक सय दरका ६० वटा नोटहरू रहेका छन्।  बरामद व्यक्ति र रकमसहितको मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सूचना अधिकारी डिएसपी कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...