Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

पर्सामा सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले स्रोत नखुलेको ८ लाख रुपैयाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साका सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार मंगलबार दिउँसो करिब १:५० बजे वीरगंज महानगरपालिका–१६, भन्सार मेनगेट नजिकै सशस्त्र प्रहरीकाे टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिएफ ०४६९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सशस्त्र प्रहरी सहायक निरीक्षकद्वय सुजय कुमार सिंह र सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म, वीरगंजका सहायक प्रहरी निरिक्षक मोहमद मुस्ताक अलीको कमाण्डमा १० जनाकाे टाेली खटिएकाे थियाे ।

उक्त चेकजाँचको क्रममा पर्साको सखुवापर्सौनी गाउँपालिका–०५ निवासी करिब ४३ वर्षीय राजेश कुमार साह तेलीबाट नेपाली नगद ८ लाख ७ हजार र करिब एक लाख ५० हजार मूल्य बराबरको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

बरामद गरिएको रकममा एक हजार दरका ५१५ वटा, पांच सय दरका ५७२ वटा र एक सय दरका ६० वटा नोटहरू रहेका छन्।  बरामद व्यक्ति र रकमसहितको मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सूचना अधिकारी डिएसपी कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...