Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

नगरवामा सशस्त्र प्रहरीको छापा, भन्सार छलीकाे सामान नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले वीरगंजमा भन्सार छली गरी ल्याइएका कपडा तथा किराना सामान नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएकाे टाेलीले मंगलबार दिउसाे १२:२५ बजे वीरगंज महानगरपालिका–१६, नगवा पानी ट्याङ्कीस्थित बाल कुमार राउत कुर्मीको घरमा छापा मारि गरेर भन्साल छलीकाे कपडा तथा किराना सामान बरामद गरेकाे ह।

सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा नौ जना सशस्त्र प्रहरी र वीरगंज भन्सार कार्यालयका नासु सुवर्ण पौडेलसहित दुई जनाको संयुक्त टोलीले छापामारी गरी अन्दाजी ५ लाख रुपैयाँ बराबरको कपडा र किराना सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।

बरामद गरिएका सामानहरू आवश्यक प्रक्रिया पूरा गरी वीरगंज भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको सूचना अधिकारी डिएसपी कार्कीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...