Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पर्सामा भन्सार छलीको अटो सहित कपडा बरामद

spot_img
spot_img

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१४ गण्डक चोकमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा कपडा र ई–रिक्सा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट सशस्त्र प्रहरी सहायक निरिक्षक दिपेश चौधरीको कमाण्डमा खटिएको सात जनाको गस्ती टोलीले शनिबार बिहान करिब ९:३० बजे भारतबाट अबैध रुपमा भन्सार छली मधेश प्रदेश ०३–००१ ह २७६९ नम्बरको ई–रिक्सामा लोड गरी परवानीपुरतर्फ लैजाँदै गरेको अवस्थामा कपडा बरामद गरेको हो ।

बरामद गरिएको कपडाको अनुमानित मूल्य ५० हजार रुपैयाँ र ई–रिक्साको मूल्य करिब ३ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बरामद सामानकाे मूल्य जम्मा ३ लाख ५० हजार रुपैयाँ रहेकाे छ ।

घटनापछि ई–रिक्सा चालक भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान र सवारी साधन आवश्यक कारवाहीका लागि भन्सार बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरी बल नं.१३ गण, पर्साका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...