Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

सशस्त्र प्रहरीद्वारा अटो सहित भन्सारछली सामान बरामद

spot_img
spot_img

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ गण्डक क्षेत्रबाट अटो सहित भन्सारछलीको विभिन्न सामान बरामद गरेको छ।

शुक्रबार दिउँसो करिब १२:४० बजे गण्डक इलाकास्थित प्रस्तावित सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको नौ जनाको मोबाइल टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएको हो।

ना २ ह ४२७७ नम्बरको अटोमा लुकाई ल्याइँदै गरेको करिब ९० हजार रुपैयाँ बराबरको कपडा, किराना तथा कस्मेटिक सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद अटोको अनुमानित मूल्य ३ लाख रुपैयाँसहित कुल अन्दाजी ३ लाख ९० हजार रुपैयाँ बराबरको सामान रहेको बताइएको छ।

बरामद अटो र सामानलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...