Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

सशस्त्र प्रहरीद्वारा मोटरसाइकलसहित प्रतिबन्धित कुखुराका चल्ला बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले मोटरसाइकलसहित प्रतिबन्धित कुखुराको चल्ला बरामद गरेको छ । वीरगंज महानगरपालिका–१९ केहुनियास्थित सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको मोबाइल टोलीले मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरिएको प्रतिबन्धित कुखुराका चल्ला बरामद गरेको हो ।

शुक्रबार बिहान करिब ६:०० बजे सशस्त्र प्रहरी सहायक निरीक्षक संजिव कुमार यादवको कमाण्डमा खटिएको सात जनाको टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ना ४१ प ४२२ नम्बरको मोटरसाइकलमा लोड ४ हजार गोटा बोईलर कुखुराको चल्ला नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नं. १३ गण पर्साले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार उक्त चल्लाको अनुमानित मूल्य एक लाख रुपैयाँ बराबर रहेको छ । बरामद गरिएको चल्लालाई ११:१५ बजे स्थानिय पत्रकार, जनप्रतिनिधि र नेपाल प्रहरी तथा पशु क्वारेन्टिनका प्रतिनिधिहरूको रोहबरमा गण परिसरभित्र खाडल खनी पुरेर नष्ट गरिएको छ।

बरामद मोटरसाइकललाई भने भन्सार बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बल नम्बर १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...