Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

परवानिपुरस्थित १३२ केभी पावर लाइन रुममा विस्फोट, बारा–पर्सा क्षेत्रको विद्युत आपूर्ति ठप्प

spot_img
spot_img

वीरगंज । आज दिउँसो परवानिपुरस्थित नेपाल विद्युत प्राधिकरणको १३२ केभी पावर लाइन रुम (पाइनलरुम) मा रहेको भीसीबी ब्रेकर बिस्फोट हुँदा बारा–पर्सा क्षेत्रको विद्युत आपूर्ति पूर्णरुपमा अवरुद्ध भएको छ।

प्राधिकरणका एक कर्मचारीका अनुसार कन्ट्रोल रुमको पछाडिबाट सर्टसर्किट भएर आगलागी भएको आशंका गरिएको छ। आगलागीका कारण सम्पूर्ण प्यानल जलेको र बारा–पर्साका १४ वटा फिडरमध्ये ५ वटा फिडर पूर्णरुपमा ध्वस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाँकी फिडरहरूमा पनि क्षति पुगेको छ।

घटनापछि लागेकाे आगो बिरगञ्जबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिन सफल भएको हो। प्राधिकरणका अनुसार क्षतिग्रस्त फिडरहरूमा सिमरा, कृषि, गण्डक, डाबर, ग्रामीण, नरायणी, परवानिपुर, जगदम्बा, चोर्नि र बगही लगायतका फिडरहरू रहेका छन्।

आगजनीका कारण तीन जना कर्मचारी सामान्यरूपमा घाइते भएका छन्। उनीहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ।

हाल मर्मत कार्य सुरु भए पनि क्षति व्यापक भएकाले छिट्टै विद्युत आपूर्ति सुचारु हुने सम्भावना न्यून रहेको प्राधिकरणले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...

अमलेखगञ्जमा ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे...