Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय : विद्युतकाे डेडिकेटेड लाइनको बक्यौता रकम असुल्ने

spot_img
spot_img

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्दै नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम असुल्ने निर्णय गरेका छन् ।

घिसिङले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि बक्यौता रकम उठाउने प्रयास गरेका थिए, तर तत्कालीन सरकारले यसमा रोक लगाएको थियो । उनले आफ्नो पहिलो निर्णयमा खादा–माला तथा अबिर नलिने घोषणा पनि गरेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्रमा उनलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो । अहिले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यले सम्हालिरहेका छन् ।

नवनियुक्त मन्त्री घिसिङको निर्णयलाई प्राधिकरणमा बक्यौता रकम उठाउने पहललाई पुनः गति दिने सकारात्मक कदमका रूपमा हेरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...

अमलेखगञ्जमा ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे...