Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली सेनाको सुरक्षा अपडेट: सकेट बम डिस्पोजदेखि फरार कैदी नियन्त्रणसम्म

spot_img
spot_img

काठमाडौँ । नेपाली सेनाले देशभर विभिन्न सुरक्षा गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गरेको छ । काभ्रेपलान्चोक जिल्लाको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेका ८ वटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित तरिकाले डिस्पोज गरेको जनाएको छ।

त्यसैगरी, सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दी, डोटीको दिपायल सिलगढीस्थित बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दी, धादिङको गजुरीस्थित धादिङ कारागारबाट फरार भएका ३९ जना कैदी र बाँकेको डडुवा स्थित जयन्दु बाल सुधार गृहबाट भागेका १६ जना बालबन्दीलाई नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएकाे छ ।

बाँकेको नेपालगञ्जस्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोज्ने कैदीबन्दीलाई पनि नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सो क्रममा एक जना कैदी घाइते भएको बताइएको छ ।

यस्तै, ललितपुरको भैसेपाटीमा रहेको स्थानीय प्रहरी चौकीमा सरसफाइ गर्दै स्थानीय बासिन्दाले कार्यरत प्रहरीलाई स्वागत गरेका छन् । हालसम्म विभिन्न स्थानहरूबाट ९७ नाल हतियार बरामद भएको नेपाली सेनाले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...