Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

नेपाली सेनाको सुरक्षा अपडेट: सकेट बम डिस्पोजदेखि फरार कैदी नियन्त्रणसम्म

spot_img
spot_img

काठमाडौँ । नेपाली सेनाले देशभर विभिन्न सुरक्षा गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गरेको छ । काभ्रेपलान्चोक जिल्लाको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेका ८ वटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित तरिकाले डिस्पोज गरेको जनाएको छ।

त्यसैगरी, सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दी, डोटीको दिपायल सिलगढीस्थित बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दी, धादिङको गजुरीस्थित धादिङ कारागारबाट फरार भएका ३९ जना कैदी र बाँकेको डडुवा स्थित जयन्दु बाल सुधार गृहबाट भागेका १६ जना बालबन्दीलाई नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएकाे छ ।

बाँकेको नेपालगञ्जस्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोज्ने कैदीबन्दीलाई पनि नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सो क्रममा एक जना कैदी घाइते भएको बताइएको छ ।

यस्तै, ललितपुरको भैसेपाटीमा रहेको स्थानीय प्रहरी चौकीमा सरसफाइ गर्दै स्थानीय बासिन्दाले कार्यरत प्रहरीलाई स्वागत गरेका छन् । हालसम्म विभिन्न स्थानहरूबाट ९७ नाल हतियार बरामद भएको नेपाली सेनाले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...