Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

सप्तरी कारागारबाट भाग्न खोज्ने १९२ कैदी नियन्त्रणमा, रामेछापमा गोली चल्दा २ को मृत्यु

spot_img
spot_img

काठमाडौं । देशभर सुरक्षा चेकजाँच कडा बनाइएका बीच नेपाली सेनाले विभिन्न जिल्लामा उल्लेख्य कारबाही गरेको छ।

सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारततर्फ भाग्दै गरेका ७ जना कैदीलाई नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ भने १ जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका छन्। यसैबीच १२ जना कैदी आफैं फर्केर कारागारमा हाजिर भएका छन्।

रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जानुपर्ने माग गर्दै प्रदर्शन र झडप गरेका थिए। झडप नियन्त्रणका क्रममा नेपाली सेनाले चलाएको गोली लाग्दा १२ जना घाइते भएका छन् भने २ जनाको मृत्यु भएको पुष्टि भएको छ।

यसैगरी, काभ्रेपलान्चोक जिल्लाको बनेपा–९ नयाँ बस्तीमा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।

हालसम्म विभिन्न स्थानबाट ९४ नाल विभिन्न प्रकारका हतियार बरामद भएको नेपाली सेनाले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...