Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

देशभर सुरक्षा कडाइ: सेनाद्वारा हतियार बरामद र कैदी नियन्त्रण

spot_img
spot_img

काठमाडौं । देशभर सुरक्षालाई मजबुत पार्दै नेपाली सेनाले राजधानी र विभिन्न जिल्लामा ठूला सफलता हात पारेको छ।

नेपाली सेनाले काठमाडाैंकाे महाराजगञ्ज क्षेत्रबाट लुटपाटमा संलग्न चार जनालाई पक्राउ गर्दै उनीहरूबाट सात नाल हतियार, म्यागजिन, राउण्ड, व्युनेटलगायतका सामग्री र व्यक्तिगत सामान बरामद गरेको छ ।

यस्तै विशेष सूचनाका आधारमा बालाजु माछापोखरी क्षेत्रबाट थप एक नाल हतियार बरामद गरिएको नेपाली सेनाले जनाएको छ । हालसम्म ७३ नाल हतियार बरामद गरिएको छ।

यसैबीच काभ्रे स्थित धुलिखेल जिल्ला कारागारमा कैदीबन्दी र नेपाल प्रहरीबीच झडप भएको थियो। अहिले स्थिति नियन्त्रणमा आएको छ।

त्यसैगरी डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य सुरक्षाकर्मीको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ।

सुरक्षा फौजले कारागारबाट फरार भएका कैदीबन्दीलाई नियन्त्रणमा लिन सक्रियता बढाएका छन् । हालसम्म सप्तरीमा ४, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ जना फरार कैदी पक्राउ परेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...