Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

देशभर सुरक्षा कडाइ: सेनाद्वारा हतियार बरामद र कैदी नियन्त्रण

spot_img
spot_img

काठमाडौं । देशभर सुरक्षालाई मजबुत पार्दै नेपाली सेनाले राजधानी र विभिन्न जिल्लामा ठूला सफलता हात पारेको छ।

नेपाली सेनाले काठमाडाैंकाे महाराजगञ्ज क्षेत्रबाट लुटपाटमा संलग्न चार जनालाई पक्राउ गर्दै उनीहरूबाट सात नाल हतियार, म्यागजिन, राउण्ड, व्युनेटलगायतका सामग्री र व्यक्तिगत सामान बरामद गरेको छ ।

यस्तै विशेष सूचनाका आधारमा बालाजु माछापोखरी क्षेत्रबाट थप एक नाल हतियार बरामद गरिएको नेपाली सेनाले जनाएको छ । हालसम्म ७३ नाल हतियार बरामद गरिएको छ।

यसैबीच काभ्रे स्थित धुलिखेल जिल्ला कारागारमा कैदीबन्दी र नेपाल प्रहरीबीच झडप भएको थियो। अहिले स्थिति नियन्त्रणमा आएको छ।

त्यसैगरी डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य सुरक्षाकर्मीको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ।

सुरक्षा फौजले कारागारबाट फरार भएका कैदीबन्दीलाई नियन्त्रणमा लिन सक्रियता बढाएका छन् । हालसम्म सप्तरीमा ४, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ जना फरार कैदी पक्राउ परेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...