Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

भाटभटेनी लुटपाटमा संलग्न ४ पक्राउ, करिब ढाई लाख रुपैयाँ र डलर बरामद

spot_img
spot_img

काठमाडौं । देशभर नेपाली सेना तथा अन्य सुरक्षा निकाय परिचालन भएपछि राजधानीमा थप पक्राउ र बरामद भएका छन्।

नेपाली सेनाले दिएको जानकारीअनुसार बुधबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्मको अवधिमा महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ।

त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौज देख्नेबित्तिकै छोडेर भागेको नगद २ लाख ३२ हजार ५०० नेपाली रुपैया र अमेरिकी डलर २ हजार ५०० बरामद गरिएको सेनाले जनाएको छ।

यस अवधिसम्म सुरक्षाकर्मीबाट लुटिएका थप १ नाल सहित जम्मा ३२ नाल हतियार बरामद भएको छ।

यस्तै, डडेलधुरास्थित जिल्ला कारागारबाट भागेका कैदीवन्दीमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको छ भने काठमाडौंको डिल्लीबजार सदर कारागारबाट भाग्ने प्रयासलाई सुरक्षाकर्मीले असफल बनाएको सेनाले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...