Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

भाटभटेनी लुटपाटमा संलग्न ४ पक्राउ, करिब ढाई लाख रुपैयाँ र डलर बरामद

spot_img
spot_img

काठमाडौं । देशभर नेपाली सेना तथा अन्य सुरक्षा निकाय परिचालन भएपछि राजधानीमा थप पक्राउ र बरामद भएका छन्।

नेपाली सेनाले दिएको जानकारीअनुसार बुधबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्मको अवधिमा महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ।

त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौज देख्नेबित्तिकै छोडेर भागेको नगद २ लाख ३२ हजार ५०० नेपाली रुपैया र अमेरिकी डलर २ हजार ५०० बरामद गरिएको सेनाले जनाएको छ।

यस अवधिसम्म सुरक्षाकर्मीबाट लुटिएका थप १ नाल सहित जम्मा ३२ नाल हतियार बरामद भएको छ।

यस्तै, डडेलधुरास्थित जिल्ला कारागारबाट भागेका कैदीवन्दीमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको छ भने काठमाडौंको डिल्लीबजार सदर कारागारबाट भाग्ने प्रयासलाई सुरक्षाकर्मीले असफल बनाएको सेनाले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...