Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

नेपाली सेनाको देशव्यापी कारबाही : लुटपाट र आगजनीमा संलग्न २७ जना पक्राउ

spot_img
spot_img

काठमाडौं । नेपाली सेना लगायत अन्य सुरक्षा निकाय परिचालन भएको १२ घण्टाभित्रै देशभरबाट २७ जना पक्राउ परेका छन्।

मिति २०८२ भाद्र २४ गते राति १० बजेबाट सुरक्षाकर्मी परिचालन गरिएकोमा भदौ २५ गते बिहान १० बजेसम्म काठमाडौंसहित विभिन्न स्थानमा लुटपाट, आगजनी र जनधन क्षति गर्ने उद्देश्यले संलग्न समूहहरुलाई नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ।

सुरक्षा निकायले तीनवटा बारुण यन्त्र प्रयोग गरी विभिन्न स्थानमा भएको आगजनी नियन्त्रण गरेको छ। काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न व्यक्तिहरुबाट रु. ३३ लाख ७० हजार नगद बरामद गरिएको छ।

त्यसैगरी, काठमाडौंका विभिन्न स्थान र पोखराबाट गरी ३१ नाल विभिन्न किसिमका हतियारसहित म्यागजिन र गोलीगठ्ठा समेत बरामद भएको सेनाले जनाएको छ।

उक्त अभियानका क्रममा २३ जना नेपाल प्रहरी र ३ जना सर्वसाधारण घाइते भएका छन् । उनीहरुको सैनिक अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...