Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली सेनाको देशव्यापी कारबाही : लुटपाट र आगजनीमा संलग्न २७ जना पक्राउ

spot_img
spot_img

काठमाडौं । नेपाली सेना लगायत अन्य सुरक्षा निकाय परिचालन भएको १२ घण्टाभित्रै देशभरबाट २७ जना पक्राउ परेका छन्।

मिति २०८२ भाद्र २४ गते राति १० बजेबाट सुरक्षाकर्मी परिचालन गरिएकोमा भदौ २५ गते बिहान १० बजेसम्म काठमाडौंसहित विभिन्न स्थानमा लुटपाट, आगजनी र जनधन क्षति गर्ने उद्देश्यले संलग्न समूहहरुलाई नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ।

सुरक्षा निकायले तीनवटा बारुण यन्त्र प्रयोग गरी विभिन्न स्थानमा भएको आगजनी नियन्त्रण गरेको छ। काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न व्यक्तिहरुबाट रु. ३३ लाख ७० हजार नगद बरामद गरिएको छ।

त्यसैगरी, काठमाडौंका विभिन्न स्थान र पोखराबाट गरी ३१ नाल विभिन्न किसिमका हतियारसहित म्यागजिन र गोलीगठ्ठा समेत बरामद भएको सेनाले जनाएको छ।

उक्त अभियानका क्रममा २३ जना नेपाल प्रहरी र ३ जना सर्वसाधारण घाइते भएका छन् । उनीहरुको सैनिक अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...