Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

आज राती १० बजेदेखि सेना परिचालन हुने

spot_img
spot_img

काठमाडौं । नेपाली सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाएर सर्वसाधारण र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने, लुटपाट तथा आगजनी गर्ने कार्य रोक्न कडा चेतावनी दिएको छ।

सेनाले विज्ञप्ति जारी गर्दै यस्तो गतिविधि नरोके सेनासहित सम्पूर्ण सुरक्षा निकायहरु नेपाल र नेपालीको सुरक्षाका लागि आफ्नो प्रमुख जिम्मेवारी अनुसार आज (भदौ २४ गते) राति १० बजेदेखि स्थिति नियन्त्रणमा लिन दृढ रहने प्रतिबद्धता जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु स्थिति नियन्त्रणमा लिन बाध्य हुनेछ। सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि हार्दिक अपिल गर्दछौं।”

सुरक्षा निकायको संयन्त्र सक्रिय रहेकाले परिस्थितिको पुनर्मूल्याङ्कन गरी आवश्यक परे थप सूचना जारी गरिने सेनाले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...