Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

बालेनद्वारा Gen Z लाई संयमित हुन आग्रह

spot_img
spot_img

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हालै भएको Gen Z आन्दोलनबारे प्रतिक्रिया दिँदै युवापुस्तालाई संयमित रहन आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भने, “यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला । देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो।”

मेयर बालेनले युवापुस्ताले नै अब देशको नेतृत्व गर्नुपर्ने समय आएको बताउँदै तयारी गर्न आह्वान गरेका छन् । साथै, उनले सेना प्रमुखसँग वार्ताको आवश्यकता औंल्याउँदै भनेका छन्, “तर याद रहोस्—वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ।”

उनको भनाइ सार्वजनिक भएपछि आन्दोलनरत युवाहरूबीच चर्चा बढेको छ । देशभरी प्रदर्शन उग्र रुप लिदै गएपछि बालेन संयमित हुन आग्रह गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...