Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

बालेनद्वारा Gen Z लाई संयमित हुन आग्रह

spot_img
spot_img

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हालै भएको Gen Z आन्दोलनबारे प्रतिक्रिया दिँदै युवापुस्तालाई संयमित रहन आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भने, “यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला । देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो।”

मेयर बालेनले युवापुस्ताले नै अब देशको नेतृत्व गर्नुपर्ने समय आएको बताउँदै तयारी गर्न आह्वान गरेका छन् । साथै, उनले सेना प्रमुखसँग वार्ताको आवश्यकता औंल्याउँदै भनेका छन्, “तर याद रहोस्—वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ।”

उनको भनाइ सार्वजनिक भएपछि आन्दोलनरत युवाहरूबीच चर्चा बढेको छ । देशभरी प्रदर्शन उग्र रुप लिदै गएपछि बालेन संयमित हुन आग्रह गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...