Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजमा खानेपानी मन्त्री यादवकाे घरमा आगजनी र कानुन मन्त्री चाैरियाकाे घरमा ताेडफाेड

spot_img
spot_img

वीरगंज । जेन जी आन्दोलनको चपेटामा परेर खानेपानी मन्त्री प्रदीप यादवको वीरगंजस्थित निवासमा मंगलबार आक्रोशित प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

सरकारद्वारा गरिएको दमनको विरोधस्वरूप मन्त्री यादवले केही घण्टाअघि मात्रै सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएका थिए । उनले युवापुस्तासँग ऐक्यबद्धता जनाउँदै, “हिजो Gen Z पुस्ताले गरेको आन्दोलनको समर्थन र दमनको विरोध गर्दै खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु,” भनेका थिए।

तर, राजीनामापछि पनि आन्दोलनकारीको आक्रोश रोकिएन र यादवको वीरगंजस्थित घरमा आगजनी गरिएको हो । यसअघि कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चाैरसियाको वीरगंज-११ श्रीपुर नयाँबस्तीस्थित घरमा ढुंगामुढा भएको थियो, जसमा घरका सिसा फुटेका थिए।

पर्सा क्षेत्र नं. २ बाट निर्वाचित सांसद चाैरसियाले अहिले सम्म मन्त्री पदबाट राजिनामा दिएका छैनन् ।

Gen Z आन्दोलनकै क्रममा सोमबार मात्र १९ जना युवाले ज्यान गुमाएका थिए । त्यसयता देशभर जनदबाब तीव्र बनेको छ । देशभर प्रदर्शन भएजस्ताे वीरगंजकाे पनि विभिन्न ठाउँमा प्रदर्शन, ताेडफाेड र आगजनीकाे घटना भइरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...