Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

एमाले वीरगंज उपाध्यक्ष परागद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

spot_img
spot_img

वीरगंज । नेकपा (एमाले) वीरगंज महानगर कमिटीका उपाध्यक्ष रामकिशोर सिंह (पराग) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेन जेड आन्दोलनका क्रममा निर्दोष बालबालिका र युवाको ज्यान गएको घटनाले मुलुक स्तब्ध बनेको भन्दै प्रधानमन्त्रीको पदमा बस्ने नैतिक आधार नभएको टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्– “प्रधानमन्त्रीज्यू, यो दु:खद् घटनापछि तपाईँको पदमा बस्ने कुनै नैतिक आधार छैन। तत्काल राजीनामा दिनुहोस्, सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र उच्चस्तरीय छानबिन समिति गठन गर्नुहोस् र दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही सुनिश्चित गर्नुहोस्।”

सिंहले आन्दोलनमा स्वतन्त्र युवाको नाममा विभिन्न राजनीतिक दलसँग आवद्ध युवाहरूले साधन र स्रोतको दुरुपयोग गरेको आरोप पनि लगाएका छन्। उनले आन्दोलन शान्तिपूर्ण बाटोमा सीमित हुन नसक्नुमा राजनीतिक प्रभाव र अतिवादी धार हाबी भएको बताएका छन्।

उनले दलका युवाले पार्टीगत पहिचान प्रष्ट पार्नुपर्ने भन्दै “स्वतन्त्र युवा भन्दै आउनेहरूले पार्टीबाट राजीनामा दिएर आउनु पर्छ, नभए आफू कुन पार्टीका हो भन्ने स्पष्ट घोषणा गर्नुपर्छ” भन्ने धारणा सार्वजनिक गरेका छन्।

सिंहले सरकारलाई पनि घटनामा संयमित हुनुपर्नेमा आलोचना गर्दै “सरकार किलरको भूमिकामा देखियो, यस्तो स्थिति मुलुकका लागि अझ ठूलो संकट निम्त्याउन सक्छ” भन्दै विवेकपूर्ण निर्णय लिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...