Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन रास्वपाको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले सामाजिक सञ्जाल बन्द गर्ने सरकारले गरेको निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।

साेमबार पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीमार्फत रास्वपा पर्साका सभापति हरि पन्तको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले आजै प्रधानमन्त्री कार्यालयमा सो विषय जानकारी गराउने प्रतिबद्धता जनाए ।

सभापति पन्तले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले आम नागरिकको मौलिक अधिकार कुण्ठित भएको बताएका छन् । उनका अनुसार, नियमन र व्यवस्थापनका विकल्प अवलम्बन नगरी निरंकुश ढंगले सामाजिक सञ्जाल बन्द गर्नु व्यवसायी, विद्यार्थीदेखि सम्पूर्ण नेपालीहरूको अधिकारमाथि प्रहार भएको छ ।

ज्ञापनपत्र बुझाउने टोलीमा रास्वपा पर्साका सचिव सुदिस प्रजापति, सहसचिव कृष्ण पास्वान, क्षेत्रीय सभापति राम आर्या, फैयाज मियाँ, नगरसभापति माधव बस्नेत, चन्दन गुप्ता लगायतको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...

‘युफोरिया’ तेलुगु चलचित्र, कथा भने हाम्रै समाजको

हिजो राति करिब १२:३० बजेसम्म तेलुगु चलचित्र Euphoria हेरेर सकाएँ। चलचित्र सकियो, मैले आफ्नो मोबाइलको स्क्रिन समेत बन्द गरे, तर मेरो मनमा त्यो चलचित्र...

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...