Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजमा भारतीय युवतीमाथि गाेली प्रहार, एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगञ्ज भन्सार क्षेत्रमा सोमबार अज्ञात समूहद्वारा गरिएको गोली प्रहारमा एक महिला घाइते भएकी छन्।

भारतकी १८ वर्षीया निशा कुमारी सहनी गोली लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।

घाइते सहनीको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। घटनापछि प्रहरीको टोली खटिएको र गोली प्रहारमा संलग्न भएको आशंकामा एक व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

हालसम्म गोली प्रहारको कारण स्पष्ट हुन नसकेको र यसबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनापछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। प्रहरीले दोषीलाई छिट्टै पहिचान गरी कानुनी दायरामा ल्याउने जनाएको छ।

यो घटना नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा चुनौतीको पुनः संकेतका रूपमा लिइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...