Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंजमा भारतीय युवतीमाथि गाेली प्रहार, एक जना पक्राउ

spot_img
spot_img

वीरगंज वीरगञ्ज भन्सार क्षेत्रमा सोमबार अज्ञात समूहद्वारा गरिएको गोली प्रहारमा एक महिला घाइते भएकी छन्।

भारतकी १८ वर्षीया निशा कुमारी सहनी गोली लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।

घाइते सहनीको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। घटनापछि प्रहरीको टोली खटिएको र गोली प्रहारमा संलग्न भएको आशंकामा एक व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

हालसम्म गोली प्रहारको कारण स्पष्ट हुन नसकेको र यसबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनापछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। प्रहरीले दोषीलाई छिट्टै पहिचान गरी कानुनी दायरामा ल्याउने जनाएको छ।

यो घटना नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा चुनौतीको पुनः संकेतका रूपमा लिइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...