Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

धोबिनी गाउँपालिका कार्यालयमा स्थानीयद्वारा तालाबन्दी

spot_img
spot_img

वीरगंज गत आर्थिक वर्षको विकास खर्च विवरण सार्वजनिक नगरेको आरोप लगाउँदै स्थानीयहरूले सोमबार पर्साको धोबनी गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । दिउँसो साढे ११ बजेदेखि सुरु भएको तालाबन्दीका कारण गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानसहित जनप्रतिनिधि र कर्मचारीहरू कार्यालयभित्रै थुनिएका थिए ।

सूचनाको हक प्रयोग गरी विकास निर्माणमा गरिएको खर्चको प्रमाणित विवरण माग्दा कार्यालयले पूर्ण विवरण नदिएको भन्दै आन्दोलनकारीहरू आक्रोशित बनेका हुन् । उनीहरूले व्यापक अनियमितता भएको दाबी गर्दै कार्यालयको मुख्य गेटमा तालाबन्दी गर्ने मात्र होइन, टायर बालेर विरोध प्रदर्शनसमेत गरेका छन् ।

विरोध प्रदर्शनमा नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता रहेको छ । स्थानीयहरूको भनाइ अनुसार पटक–पटक ताकेता गर्दा पनि मागिएको सूचना उपलब्ध नगराइएकाले बाध्य भएर आन्दोलन गरिएको हो ।

यता, गाउँपालिका अध्यक्ष चौहानले भने तालाबन्दीलाई राजनीतिक पूर्वाग्रहसहितको गतिविधि ठहर गर्दै गाउँपालिकाले कुनै सूचना लुकाउने प्रयास नगरेको दाबी गरे । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएको कारण तत्काल विवरण उपलब्ध गराउन ढिलाइ भएको मात्र हो । नयाँ अधिकृत हाजिर भइसकेकाले मागअनुसार सूचना उपलब्ध गराइने उनले स्पष्ट पारे ।

अध्यक्ष चौहानले “गाउँपालिकाको गेट आम सर्वसाधारणका लागि सधैँ खुला छ” भन्दै प्रदर्शनकारीलाई तालाबन्दी अन्त्य गरी संवादमा आउन आह्वान गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु...