Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

धोबिनी गाउँपालिका कार्यालयमा स्थानीयद्वारा तालाबन्दी

spot_img
spot_img

वीरगंज । गत आर्थिक वर्षको विकास खर्च विवरण सार्वजनिक नगरेको आरोप लगाउँदै स्थानीयहरूले सोमबार पर्साको धोबनी गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । दिउँसो साढे ११ बजेदेखि सुरु भएको तालाबन्दीका कारण गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानसहित जनप्रतिनिधि र कर्मचारीहरू कार्यालयभित्रै थुनिएका थिए ।

सूचनाको हक प्रयोग गरी विकास निर्माणमा गरिएको खर्चको प्रमाणित विवरण माग्दा कार्यालयले पूर्ण विवरण नदिएको भन्दै आन्दोलनकारीहरू आक्रोशित बनेका हुन् । उनीहरूले व्यापक अनियमितता भएको दाबी गर्दै कार्यालयको मुख्य गेटमा तालाबन्दी गर्ने मात्र होइन, टायर बालेर विरोध प्रदर्शनसमेत गरेका छन् ।

विरोध प्रदर्शनमा नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता रहेको छ । स्थानीयहरूको भनाइ अनुसार पटक–पटक ताकेता गर्दा पनि मागिएको सूचना उपलब्ध नगराइएकाले बाध्य भएर आन्दोलन गरिएको हो ।

यता, गाउँपालिका अध्यक्ष चौहानले भने तालाबन्दीलाई राजनीतिक पूर्वाग्रहसहितको गतिविधि ठहर गर्दै गाउँपालिकाले कुनै सूचना लुकाउने प्रयास नगरेको दाबी गरे । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएको कारण तत्काल विवरण उपलब्ध गराउन ढिलाइ भएको मात्र हो । नयाँ अधिकृत हाजिर भइसकेकाले मागअनुसार सूचना उपलब्ध गराइने उनले स्पष्ट पारे ।

अध्यक्ष चौहानले “गाउँपालिकाको गेट आम सर्वसाधारणका लागि सधैँ खुला छ” भन्दै प्रदर्शनकारीलाई तालाबन्दी अन्त्य गरी संवादमा आउन आह्वान गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...