Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

वीरगंजमा सशस्त्र प्रहरीको आत्मरक्षा तालिम सुरु, ३५ जना सहभागी

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा बिरगञ्ज तेक्वान्डो डोजाङ्गको विशेष सहयोगमा आजदेखि “Self-Defence/UAC अनुशिक्षण तालिम” औपचारिक रूपमा सुरु गरिएको छ।

गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यमा बिहान १० बजे विशेष समारोहबीच तालिम उद्घाटन भएको हो । कार्यक्रममा गणका अधिकृत, जुनियर अधिकृत, बिल्लादार/जवान, बिरगञ्ज तेक्वान्डो डोजाङ्गका प्रमुख प्रशिक्षक तथा 4th Dan Black Belt एशियन प्लेयर महमद वेशसहित ९ जना प्रशिक्षकहरूको सहभागिता थियाे।

तालिमको उद्देश्य र कार्ययोजनाबारे सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लले प्रस्तुतिकरण गर्दै आत्मरक्षाको परिचय, व्यवहारिक अभ्यास, सुरक्षा उपाय, लैङ्गिक हिंसा तथा दुर्व्यवहारबाट बच्ने उपाय, कानुनी सहायता प्रणाली, डेमो प्रदर्शन र शारीरिक व्यायामजस्ता विषयहरू समावेश गरिएको जानकारी दिए।

३५ जना सशस्त्र प्रहरी कर्मचारी (१० महिला र २५ पुरुष) सहभागी रहेको तालिम १० कार्यदिनसम्म दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ।

प्रहरी उपरीक्षक भट्टका अनुसार, तालिमले सशस्त्र प्रहरी कर्मचारीहरूको आत्मरक्षा सीप, शारीरिक र मानसिक सशक्तिकरण तथा जोखिम अवस्थामा तत्काल प्रतिक्रिया दिन सक्ने क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...