Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

३० लाख जरिवाना तोकिएका फरार अभियुक्त साह पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले ३० लाख रुपैयाँ जरिवाना तोकिएको बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पर्सा जिल्ला अदालतको मुद्दा नं. ०८०-C१-०९६२, लगत नं. ६३०९ अनुसार देवेन्द्र कुमार कर्णको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी वीरगंज महानगरपालिका–१६ बस्ने अम्बे ईन्टरप्राइजेज प्रा.लि.का सञ्चालक ३४ वर्षीय सुनिल कुमार साहलाई अदालतले दोषी ठहर गरेको थियो ।

लामो समय लुकी–छिपी बस्दै आएका साहलाई विशेष सूचनाको आधारमा बिहिबार फैसला कार्यान्वयन टोलीले निजको घरमै पुगेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

अदालतको फैसलाअनुसार साहलाई १० दिन कैद र ३० लाख रुपैयाँ जरिवाना तोकिएको छ । पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...