Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

शिक्षण संस्थामा मानव बेचबिखन र लागुऔषध बारे जनचेतना

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–१६ स्थित सनलाईट कलेजमा बुधबार एक विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको आयोजनामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी “मानव बेचबिखन तथा लागुऔषध ओसार–प्रसार” सम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको थियो । वडाप्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं कार्यक्रमका प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता कुम्हालटोल सामुदायिक प्रहरी सेवा केन्द्रका वरिष्ठ सल्लाहकार श्याम केसीले गर्नुभएको थियो ।

कार्यक्रममा सनलाईट कलेजका प्रिन्सिपल आलोक चौरसिया, समाजसेवी मार्टिन मोक्तान, नन्दलाल राउत, प्रहरी हवल्दार कुमार विक, तारा बिष्ट, सन्तोषमान रंजितकार, टोल सुधार समाजका अध्यक्ष नन्दलाल अहिर लगायत समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि चौलागाईंले मानव बेचबिखनका विविध स्वरूप, त्यसको कानुनी व्याख्या, जोखिमबाट बच्ने उपाय तथा लागुऔषधको दुष्परिणामबारे विद्यार्थीहरूलाई विस्तृत जानकारी दिनुभयो । साथै, उहाँले कुनै पनि आपराधिक गतिविधि देखेमा प्रहरीलाई तुरुन्त खबर गर्न आग्रह गर्दै विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्वप्रति सजग रहन प्रेरित गर्नुभयो।

विद्यार्थीहरूले कार्यक्रमप्रति उत्साहजनक सहभागिता जनाए, सोधपुछ र विचार आदानप्रदानमार्फत उनीहरूको विषयप्रतिको चासो र चेतना स्पष्ट रूपमा देखिएको थियो।

कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझीले गर्नुभएको थियो। आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य युवावर्गमा मानव बेचबिखन तथा लागुऔषधसम्बन्धी चेतना फैलाउने, सुरक्षाका उपायहरूबारे जानकारी दिनु तथा अपराधमुक्त समाज निर्माणमा उनीहरूको सक्रिय भूमिका स्थापित गर्नु हो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...